२२ मंसिर २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

सुरभिकाे १७९ औं शृङ्खलामा ‘वाग्मती र वाग्मती’ खण्डकाव्य लाेकार्पण

सुरभि साहित्य प्रतिष्ठानले १७९ औं आख्यान वाचन सम्पन्न गरेको छ। प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलकाे अध्यक्षता र वरिष्ठ साहित्यकार कणाद महर्षिकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा सुरभिका संरक्षक तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, सुरभिका संरक्षक एवम् समालोचक युवराज मैनाली, मासिक १०० अभियानका अध्यक्ष सञ्जय पोखरेल, साहित्यकार गङ्गा कर्माचार्य पौडेल, खोलाघरे साहिँलो र रमेशजङ्ग थापाकाे विशेष आतिथ्य रहेकाे थियाे।

साहित्यकार मेनका पोखरेल आचार्यले सञ्चालन गरेकाे कार्यक्रममा आलोक चालिसेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष महाकाव्यकार बाजुराम पौडेलको ‘वाग्मती र वाग्मती’ खण्डकाव्यको सामूहिक लाेकार्पण गरिएको थियो।

महाकाव्यकार पौडेलले सबैलाई धन्यवाद दिँदै मृत्युपछि कथा वाचेका थिए।

विशेष अतिथि गोविन्द घिमिरे वेदमणिले जीवात्माको विषयमा केही प्रकाश पारेका थिए। पौडेलको खण्डकाव्य ‘वाग्मती र वाग्मती’ को समीक्षात्मक टिप्पणी गरेका थिए। उनले सन्देशमूलक अकबर बीरबलको बोधकथा पनि सुनाएका थिए।

समालाेचक युवराज मैनालीले बाजुराम पौडेलको नवीन कृतिको सफलताको शुभकामना दिंदै सुरभिको कार्यक्रमले धेरै कथाकार जन्माएको र आफू पनि लघुकथाकार भएको प्रसङ्ग उठाए।

ढोल्खाधारोकुटी, गोकर्णेश्वर८ मा भएकाे कार्यक्रममा प्रमुख अतिथि कणाद महर्षिले मन्तव्यका साथै लघुकथा सुनाएका थिए। त्यस्तै कणाद महर्षि, सुशील आचार्य, रमेश भट्टराई पुजारी, खोलाघरे साहिँलो, रामकुमार पण्डित क्षेत्री, रमेशजङ्ग थापा, सञ्जय सोती, दिवाकर न्यौपाने, गङ्गा पौडेल कर्माचार्य, अनिता ढकाल, रञ्जु खनाल, बाजुराम पौडेल र युवराज मैनालीले कथा लघुकथा वाचेका थिए।

सुरभि साहित्य प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले वाचित आख्यानको समीक्षात्मक टिप्पणी गरेका थिए।

यस कार्यक्रममा आलोक चालिसेले ‘चार पुस्ताका कथासङ्ग्रह’ बाट आफ्नी छोरीकाे कथा ‘सिकर्मीको कथा’ वाचेका थिए।  

प्रकाशित: २२ मंसिर २०८२ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App