२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

एनसेलको विवाद चाडो समाधान हुनुपर्छ: मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएका छन् ।  

नक्खुस्थित एनसेल कार्यालयको सोमबार अवलोकनकाक्रममा मन्त्री खरेलले एनसेलको शेयरसम्बन्धी विवाद, भुक्तानी दायित्वलगायत सबै विवाद चाडो समाधान गरिनुपर्ने बताए ।  

मन्त्री खरेलले भने, ‘राज्य र नागरिकको नजरमा एनसेलको विजनेस सम्मानीत हुनुपर्यो, जतिपनि विवाद छन् तीनको समाधान गरेर क्लिन विजनेश र सर्भिस दिनेतर्फ केन्द्रित हुन आग्रह गर्दछु । क्लिन विजनेशका लागि सरकारको साथ सहयोग रहन्छ ।’

सञ्चारमन्त्री खरेलले एनसेलको क्षतिको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे । मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग देखिएका समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताए ।  

उनले भने ‘केही नीतिगत समस्या छन्, केही विवादहरु पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनुपर्छ भन्नेमा सरकार विश्वस्त छ।’

 

प्रकाशित: २२ मंसिर २०८२ १६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App