२१ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सभामुखमा अर्यालको एकल उम्मेदवारी

प्रतिनिधिसभा सभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालको एकल उम्मेदवारी परेको छ।  

संघीय संसद्ले तोकेको बिहान ११ बजेदेखि २ बजेसम्मको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेको हो। यसबाट सभामुखमा उनी निर्विरोध भएका छन्। प्रतिनिधि सभामा रास्वपाको मात्रै १८२ सिट रहेकाले अन्य उम्मेदवार विजयी हुने सम्भावना नरहेपछि कुनै दलले सभामुखमा आकांक्षा नदेखाएका हुन्।  

संसद् सचिवालयले अहिले २:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। अर्यालको एकल उम्मेदवारी परेपनि आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा उनलाई विजयी गराइयोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।

प्रकाशित: २० चैत्र २०८२ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App