२४ मंसिर २०८२ बुधबार
image/svg+xml
अपराध

ज्यान लिन साढे ६ लाखको सुपारी

झण्डै दुइ महिनाअघि सुनसरी रामधुनी वडा नं. २ मा सिटी सफारी चालकको हत्या गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरि मुद्दा चलाएको छ । हत्याका लागि सुटरलाई साढे छ लाख रुपैयाँ पैसा दिएको खुलेको  छ ।    

असोज २५ गते साँझ रामधुनी वडा नं. २ को शंकरपुर नहर नजिकै एकान्त स्थानमा सोही ठाउँका ४५ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको थियो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा दिनेशको घर नजिकै घर भएका रामधुनी वडा नं. १ का ४३ वर्षे राजेश भन्ने राजकिशोर साह र सोही ठाउँका ४० वर्षे नन्दकिशोर साहसहति सात जनालाई पक्राउ गरेको हो ।  

पक्राउ पर्ने अन्यमा सप्तरी राजविराज वडा नं. १६ का १८ वर्षे अंकित साह, वडा नं. ९ का २८ वर्षे प्रिन्सकुमार दास, भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ का ३४ वर्षे मोहमद इव्रान मियाँ, देवानगञ्ज गाउँपालिका वडा नं. ४ का ३७ वर्षे गियास मन्सुरी र वडा नं. ५ का २५ वर्षे मिथलेस यादव छन् । उनीहरुविरुद्ध कर्तब्य ज्यान मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी केशबकुमार थेवेले बताए ।  

पक्राउ परेकामध्ये राजकिशोर र नन्दकिशोरको योजनामा इव्रानलाई साढे छ लाख रुपैयाँ पैसा लिएर हत्या गर्न लगाएको खुलेको एसपी थेवेले बताए । ‘मृतक दिनेश धामीझाक्रीको काम गर्ने गरेको पाइयो । जसमा राजकिशोर र नन्दकिशोरका परिवारका सदस्यलाई तन्त्रमन्त्र गरि दिनेशले नै बिरामी पार्ने गरेको आशंकामा थुप्रैपटक छलफल भएर इव्रानलाई पैसा दिएर योजना बनाएर हत्या गर्न लगाएको खुलेको छ,’ उनले भने ।  

पक्राउ परेका राजकिशोर र नन्दकिशोरले परिवारका सदस्यलाई निको बनाइ दिन पटक पटक सुल्झाए पनि नटेरेकाले गर्दा हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्  ।  

साह परिवारले इव्रानलाई पैसा दिएपछि अरु व्यक्तिहरु उनले नै झिकाएर गोली हानि हत्या गरेको खुलेको छ । दिनेशलाई हत्या गर्दा उनले चलाउने रिक्सामा चढेर एकान्त ठाउँमा पुगेपछि हत्या गरिएको थियो । हत्या गरिएका दिनेश र साह परिवारको घर वल्लोपल्लो गाउँमा पर्छ ।  

 

प्रकाशित: २२ मंसिर २०८२ १७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App