ऐतिहासिक नगरी भक्तपुरको जीवित रुपमा पुजिने नवदुर्गा देवगण जात्रा ( ङालाकेगु जात्रा) शुक्रबारदेखि काभ्रेको बनेपामा सुरु भएको छ । पहिलो नि बनेपा नगर परिक्रम गरिएको छ । देवगणहरु बेलुका बनेपाको लायकु चोकमा बास बस्ने गरिन्छ ।
श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायणमान बनमालाका अनुसार १४ गते शनिबार पुनः नगर परिक्रमा गरी तीनधारा चोकमा बास बस्ने, खःप्याखँ सुरु गरी रात्री नाच सम्पन्न गरिनेछ । उनका अनुसार देवगणहरु १६ गते सोमबारसम् बनेपामै रहनेछन् ।
कार्यतालिका अनुसार १५ गते विहानदेखि बाराहीनाच, सिम्ह दुम्ह माछा मार्ने (ङालाकेगु) जात्रा, महाकाली नाच साथै स्वेत भैरब ङालाकेगु जात्रा समेत सम्पन्न हुनेछ । त्यहाँंबाट पुनः बनेपा लायकु स्थान पुगेर खाना प्रसाद ग्रहण गरी राति नै देवगाणहरु तयार भई नगर परिक्रमा गरी लायकु चोकमाखः प्याखँ नाच अथवा गछि नाच प्रदर्शन गर्ने ऐतिहासिक परम्परा रहेको छ । साथै १६ गते विहानसम्म सम्पूर्ण नाच प्रदर्शन गरी अन्तिम विदाइ नाच सम्पन्न गरी बनेपा नगर परिक्रमा गरी यो वर्ष बनेपामा हुने जात्रा सम्पन्न गर्ने गरिन्छ । साथै जात्रा सम्पन्न पश्चात देवगणहरुले भोजन ग्रहण गरी काभ्रेकै पनौती नगरपालिका प्रस्थान हुने परम्परा रहेको छ । १६ गते बेलुकातिर पनौती नगरपालिमा पुगेर नगर परिक्रमा गरी पनौती नगरपालिकाको लायकुमा बास बस्ने परम्परा रहेको छ ।
जात्रामा संलग्न देवगणहरुको टोलीमा बाजा समूह (खीँबाजा, तँबाजा, कँसबाजा, डमरु), देवगण समूह (भैरब, महाकाली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महेश्वरी, भद्रकाली), बालक देवगण (इन्द्रायणी, दुम्ह, सिम्ह, स्वेत भैरव), भन्दारी समूह (महालक्ष्मी), घोम्हा (गुजेकाली), महादेव), पुजारी (नकीँ मन्दिर पुजारी) गरी १९ जना टोली हुने गर्दछन् । उनीहरु सवै रातमा उही सार्वजनिक पाटीमा सुत्ने गर्दछन् ।
भक्तपुर नगरको यो जात्रा वर्षभरिमा भक्तपुर नगरसहित जिल्ला बाहिर काठमाडौं पशुपति क्षेत्र, जय बागेश्वरी, टोखा नगरपालिका, चपली चुण्डीखेल, गोकर्न नगरपालिका साँखु, शंखरापुर नपा, मध्यपुर नगरपालिका, सूर्यविनायक नपा, गाम्चा, काभे्र जिल्ला, साँगा नाला धुलिखेल नपा, श्रीखण्डपुर, चौकोट, बनेपा नपा, पनौती नपामा हरेक वर्ष निरन्त रुपमा जात्रा हुने गर्छ ।
यो जात्रा भक्तपुर नगरमा मात्र २१ स्थान विभिन्न टोल परिक्रमा गरी ङालाकेगु जात्रा गरी सम्पन्न गर्ने क्रममा यस वर्षमा १८ स्थानमा जात्रा सम्पन्न गरिसकेको छ भने तीन स्थानमा मात्र जात्रा गर्न बाँकी रहेको छ । यसमध्ये भनपा ५ तुलाछेँ, भनपा ६ चोछेँ गरी भनपा ४ इच्छु टोलमा अन्तिम ङालाकेगु जात्रा गरी यो वर्षको जात्रा सम्पन्न गरिन्छ । जात्रा प्रत्येक वर्ष पहिलो पटक माघ २ गते भक्तपुरबाटै सुरु गरिन्छ ।
प्रकाशित: १३ चैत्र २०८२ १९:३७ शुक्रबार





