७ वैशाख २०८१ शुक्रबार
समाज

प्रदेश २ मा कोरोना नियन्त्रण हुँदै, २४ घण्टामा मात्र ९ जनामा संक्रमण

तिब्र गतिमा कोरोना भाइरस संक्रमण बढिरहेको प्रदेश २ मा लगातार दोस्रो दिन नियन्त्रित पाइएको छ ।  शुक्रबार यस प्रदेशमा २ महिला र ७ जना पुरुषगरी कुल ९ जनामा संक्रमण पुष्टि भएको छ ।  यसअघि बिहीवार प्रदेश २ मा ६६ जनामा संक्रमण पुष्टि भएको थियो ।  

समाजिक विकास मन्त्रालयका सचिव सचिव रामप्रसाद घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा सप्तरीमा १ महिला र ३ जना पुरुष गरी कुल ४ जना र सर्लाहीमा १ महिला र ४ जना पुरुष गरि ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।  

यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकी ५० बर्षिय महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । सोही नगरपालिकाको ११ वर्षीय बालक र १६ वर्षीय किशोर तथा ४० वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सचिव घिमिरेले बताए।  

सर्लाहीको गोडैता नगरपालिकाका १६ बर्षिय किशोर सहित २० र २३ बर्षका पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको उनको भनाइ छ । उनका अनुसार सर्लाहीकै चकरघट्टा गाउँपालिकाकी ९ वर्षीय बालिका र १९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेश २ मा संक्रमितको संख्या २ हजार ७ सय ९० पुगेको छ ।  

प्रकाशित: ५ असार २०७७ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App