७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियामा कोरोना नियन्त्रण गर्न संकटकाल घोषणा

उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ । कोरोना भाइरसबाट संक्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ । सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनु परेको अधिकारीहरुले जानकारी दिएका छन् ।

सर्वोच्च नेता किम जोङ उनले शनिबार पोलिटव्युरो बैठक मार्फत संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनु पर्ने निर्णय गराएका हुन् । नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागु गर्न आदेश दिएका छन् ।  

आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि कोरोना सम्बन्धी कुनै पनि घटनाहरू नभएको दावी गर्दै आएको थियो ।

प्रकाशित: ११ श्रावण २०७७ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App