७ वैशाख २०८१ शुक्रबार
समाज

अवैध काठ बोक्ने तीन ट्रक प्रहरी नियन्त्रणमा

छाड्नु अघि जिल्ला प्रहरी परिसरमा राखिएका काठसहितका ट्रक । तस्बिरः महेश्वर

उदयपुर प्रहरीले अवैध गोलीया काठसहित ३ वटा मालबाहक ट्रक नियन्त्रणमा लिएर डिभिजन वन कर्यालय त्रिबेणीलाई बुझाएको छ । अवैध गोलीया काठ अज्ञातस्थलतर्फ लाँदै गरेको स्थानीयको मौखिक रिपोर्ट अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटेको इन्सपेक्टर नेतृत्वको टोलीले रौतामाई गाउँपालिका ७ मुर्कुचीबाट काठसहित ३ वटा ट्रक नियन्त्रणमा लिएको हो ।  

जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले गोलीया काठ बोकेर गाईघाटतर्फ आउँदै गरेका ना ३ ख ९४१९, ना ४ ख ८३८४ र ना ४ ख २१२४ नंं का ट्रक नियन्त्रणमा लिइएको बताए । बुधबार राति चालकसहित नियन्त्रणमा लिएर प्रहरी परिसरमा राखिएका ती ट्रकहरु शुक्रबार विहान डिभिजन वन कार्यालय त्रिबेणीलाई जिम्मा दिइएको एसपी दाहालले बताएका छन् ।  

डिभिजन वन कार्यालयले भने पक्राउ सबै काठ कानुनी प्रक्रिया पुरा गरेर निकासी दिइएको भन्दै छाडिदिएको जनाएको छ । वन अधिकृत उपेन्द्र पटेलले कानुन बमोजिम राजश्व बुझाएर कार्यालयको छुट पुर्जीसहित निकासी प्रक्रिया पुरा गरिसकेको काठ क्रेताले लानलाई जंगलबाट सडकमा निकाल्दा निकाल्दै रात परेकाले प्रहरीको नियन्त्रणमा पर्न गएको बताए । उनले प्रहरीले नियन्त्रणमा लिएपछि कागजात पुरा भएको पाएपछि आफुलाई जिम्मा दिएलगत्तै सबै ट्रक छाडिदिएको बताए ।  

डिएफओ पटेलका अनुसार उदयपुरगढी गाउँपालिकाका बिभिन्न ३ वटा सामुदायिक वन समूहले सबै कानुनी प्रक्रिया पुरा गरेर निकासी अनुमति लिइसकेकाले पक्राउ काठ सबै वैधानिक भएकाले छाड्नु परेको हो । यसैबीच वन समूहका पदाधिकारीहरुले विना कारण प्रहरीले समिति र व्यवसायीलाई दुःख दिएको गुनासो गरेका छन् ।

प्रकाशित: २६ असार २०७७ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App