२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

बोलपत्र च्यातेको आरोपमा चार जना वडाध्यक्षहरु प्रहरी नियन्त्रणमा

कोहल्वी नगरपालिकाले कार्यपालिका र नगरसभाको निर्णयबिना नै आइतबार बाटो मर्मत सम्भार शुल्कको बोलपत्र खोल्न लागेको भन्दै असंतुष्ट बनेका वडाध्यक्षहरुले त्यसलाई रोक्न खोज्दा बिबाद भएको छ। वडाध्यक्षहरुको बिबादले खोल्न लागिएको बोलपत्र च्यातिएपछि चार जना वडाध्यक्षहरुलाई ईलाका प्रहरी कार्यालय कोहल्वीले नियन्त्रणमा लिएको छ।

नम्बर १ का वडाध्यक्ष तथा नेपाली कांग्रेस कोहल्वी नगर सभापति बिरेन्द्रप्रसाद चौधरी, वडा नम्बर ३ का वडाध्यक्ष किसुन दयाल चौधरी, ५ का बासु चौधरी र ९ का योगेद्र चौधरी गरि चार जनालाई नियन्त्रणमा लिएपछि प्रहरीले सत्यतथ्य नबुझी नगर प्रमुखको इसारामा ज्यादती गरेको भन्दै बिरोध सुरु भएको छ।  

बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले कोहल्वी नगरपालिकाले खोल्न लागेको बोलपत्र च्यातेको आरोपमा चार जना वडाध्यक्षहरुलाई सोधपुछको लागि नियन्त्रणमा लिएको बताएका छन्। कोहल्वी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सार्थक पौडेलले नगर प्रमुख भरत भण्डारीलाई कार्यपालिका र नगरसभाबाट निर्णय गराएर नियम पूर्वक बिभिन्न ठेक्का सम्बन्धी बोलपत्र अह्वान गर्न पटक पटक भन्दा बहुमत सदस्यहरुको कुरा नसुनी एकलौटी नगरपालिकालाई चलाउन खोजेपछि बोलपत्र खोल्ने क्रममा बिबाद भएको बताएका छन्।

निर्णय बिना अह्वान गरिएको बोलपत्रलाई स्थगित गर्न भन्दा निमित्त प्रशासकिय अधिकृत साबिर आलमले नगर प्रमुखको आदेशमा खोल्ने प्रक्रिया अगाडी बढाएपछि त्यसलाई रोक्न खोज्दा प्रहरीले वडाध्यक्षहरुलाई नियन्त्रणमा लिनु गैर कानुनी कदम भएको आरोप पौडेलले बताए।

नियम र पादर्शी तरिकाले नगरपालिका सञ्चालन गराउन माग गर्दा नगर प्रमुखको ईसारामा प्रहरीले वडाध्यक्षहरुलाई नियन्त्रणमा लिनु कार्य लोकतन्त्रकै उपहास भएको वडाध्यक्ष पौडेलले बताए। १७ लाख न्यूनतम रकम राखेर निकालिएको सार्वजनिक सूचनापछि बाटो मर्मत सम्भार शुल्कको ठेक्का लिनको लागि २१ सघ संस्थाले वटा बोलपत्र पेश गरे पनि बिबादमा केही च्यातिएको अवस्था रहेको कोहल्वी नगरपालिकाले जनाएको छ।

नगर प्रमुख भण्डारीको कारणले गर्दा कोहल्वी नगरपालिकाले आर्थिक वर्ष २०७५/२०७६ नदीजन्य पदार्थको ठेक्का लिएको कलैयाको छठीया निर्माण सेवाले एक करोड १७ लाख र अमान्तबाट उठाइएको ४० लाख नगरपालिकाको खातामा दाखिला नगरिएको र आर्थिक वर्ष २०७६/२०७७ नदीजन्य पदार्थको ठेक्का लिएका ठेकेदार र अमान्तमा संकलन गरिएको राजस्व खातामा जम्मा नगरेर कर्मचारी र ठेकेदारहरुले ती रकमलाई राखेको अवस्था रहेको वडाध्यक्षहरुले आरोप लगाएका छन्।

नगरपालिकाको खातामा जम्मा गर्नुपर्ने राजस्व रकम जम्मा गरेर गरिएको हिसाब पारदर्शी गरेर नगरसभा गराउन र त्यसपछि अन्य कार्यक्रम गर्न भन्द नगर प्रमुख भण्डारीले बेवास्ता गर्दै आएको आरोप वडाध्यक्षहरुले लगाएका छन्।

प्रकाशित: ४ श्रावण २०७७ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App