८ वैशाख २०८१ शनिबार
समाज

महामारी नियन्त्रण गर्न सात करोड

प्रदेश–२ मा कोरोना महामारी त्रास बढ्न थाले पछि महामारी नियन्त्रणको लागि प्रदेश सरकारले थप सात करोड निकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कोभिड अस्पताल निर्माण तथा हाल सञ्चालनमा रहेका आइसोलेसनहरूको थप व्यवस्थापन, बिरामीहरुको खाना खाजा, बेड संख्यामा वृद्धि आदि कार्यका लागि सात करोड निकासा गरेको हो ।

बिहीबारको निर्णय अनुसार बाराको सिमरामा कोभिड अस्पताल निर्माणको लागि १ करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शव वाहन तथा एम्बुलेन्स खरिदको लागि १ करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाहीमा आइसोलेशन व्यवस्थापनका लागि ७५/७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाको लागि ५०/५० लाख निकासा गरिएको छ ।

आवश्यकताको आधारमा जिल्लाहरुबाट माग भए बमोजिम थप रकम व्यवस्थापन गरिने मुख्यमन्त्रीका प्रेस संयोजक आतिष मिश्रले बताए ।

प्रकाशित: १५ श्रावण २०७७ १५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App