२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अपेरटर खनाल अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जले भेरी अस्पताल नेपालगन्जका कम्प्युटर अप्रेटरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।  

स्रोत नखुलेको रकम कार्यकक्षमै भेटिएपछि उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जले बताएको छ ।  

अप्रेरटर अरुणराज खनालसँग कार्यकक्षमा स्रोत नखुलेको १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्ज प्रमुख गणेश गैरेले बताए ।  

कार्यकक्षमै भेटिएको रकम सामान खरिदका क्रममा कमिसन लिएको हुन सक्ने अख्तियारले बताएको छ । प्रक्राउ परेका खनालको बारेमा प्रारम्भिक अनुसन्धान भैरहेको गैरेले बताए । उनले भने, ‘अहिले केहि भन्न मिल्दैन । घटनाको बारेमा प्रारम्भिक अनुसन्धान सुरु गरेका छांै । उनको कार्यकक्षमा भेटिएको रकम कसरी र कहाँबाट आयो भन्ने बारेमा सोधपुछ भैरहेको छ ।’

सम्पर्क कार्यालय नेपालगन्जलाई पछिल्लो भष्ट्राचार नियन्त्रणमा सक्रिय हुन नसकेको आरोप लाग्दै आएको छ ।  

स्थानीय तहमा भष्ट्राचार बढदै गएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जले सुस्त गतिमा काम गरिरहेको स्थानीयले गुनासो गर्दै आएका छन ।

प्रकाशित: ८ श्रावण २०७७ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App