२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित काभ्रेको नमोबुद्ध नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ।

सङ्घले मंगलबार खाद्यान्न, टेन्ट,साबुन, जीवनजललगायत सामग्री नमोबुद्ध नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेको जनाएको छ। उक्त सामग्री हस्तान्तरणमा संस्थाका अध्यक्ष एवं पदाधिकारी र काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुखको उपस्थिति रहेको थियो।

देशमाआइपरेको विपत् एवं अन्य बेलामा संस्थाले विभिन्न क्षेत्रमा सहयोग पुयाउँदै आएको सङ्घका अध्यक्ष सूर्यप्रसाद भुसालले बताए। भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता गर्दै उनले विपद्मा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अपर्ण गरे उनले घाइतेहरुको शीघ्र स्वास्थयलाभको कामना गरेका छन्।

प्रकाशित: २२ आश्विन २०८१ १६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App