२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

दुई चित्तल मारेर लैजान लागेका एकजना पक्राउ

फाइल।

यहाँस्थित पञ्चकन्या सामुदायिक वन अगाडि रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुईवटा चित्तल मारेर बोरामा लैजान लागेका एक जनालाई पक्राउ गरिएको छ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी पौडेलका अनुसार कालिका नगरपालिका–६ घर भई वडा नम्बर-३ मा बसोबास गर्दै आएका ३१ वर्षीय उज्वल लामा पक्राउ परेका हुन्।

निजको साथमा रहेको बोराभित्र दुईवटा मृत चित्तल राखेको भेटिएको थियो। पौडेलका अनुसार चित्तल गोली हानेर मारिएको हो। पक्राउ परेका लामासँगै अन्य चार मोटरसाइकल फेला परेको छ।

उनीसँगै आएका मोटरसाइकलमा सवार केही व्यक्ति फरार भएका छन्। निजहरुले गोली हानेर चित्तल मारेको सूचनाको आधारमा सोमबार इलाका प्रहरी कार्यालय रत्ननगर, डिभिजन वन कार्यालय, सशस्त्र वन रक्षक टोली र पञ्चकन्या सामुदायिक वनको संयुक्त टोलीले निजलाई पक्राउ गरेको हो।

उक्त कार्यमा संलग्न फरार व्यक्तिहरुको खोजी भइरहेको पौडेलले बताए। वनभित्र गोलीको आवाज सुनिएपछि चित्तल मारेको आशङ्कामा उनीहरुको खोजी गरिएको थियो।

घटनाबारे अनुसन्धान भइरहेकाले वन कार्यालयले आज मात्र सूचना दिएको हो।

प्रकाशित: २२ आश्विन २०८१ १५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App