२१ असार २०८१ शुक्रबार
image/svg+xml

सवारी सास्ती

सार्वजनिक यातायात राम्रो हुन सकेको भए कसैले पनि निजी सवारी किन्ने थिएनन्। त्यसले यस्ता सवारी आयात गर्न हुने विदेशी मुद्राको खर्चसमेत रोकिने थियो।

भिआइपी सवारीले सास्ती

मास ट्रान्सपोर्टेसनको योजना बनेको लामै समय भयो, तर कोही कार्यान्वयन गर्दैन। कार्यान्वयन नगरे यो समस्या अझै लामो समय चलिरहन्छ। – केशव अधिकारी, पूर्वडिआइजी

राजमार्गको सास्तीपूर्ण यात्राले पर्यटनमा मार

व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायात पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिँडडुल पनि कम भएको छ। कतिपय कार्यक्रमका लागि भनेर राजधानीबाट बाहिरिएका पाहुना पोखरा नै आउन नपाएको उनीहरूले बताएका छन्। अहिले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेको छ।

राजमार्गको सास्तीपूर्ण यात्राले पर्यटनमा मार

बाढीपहिरोले पछिल्लो एकसाता पोखरा जोडने स्थलमार्ग झन्झटिलो बनेको छ। यसले यात्रामा बाधा उत्पन्न गराएको छ। स्थलमार्ग हुँदै आउजाउ गर्ने भारतीय पाहुना पनि यतिबेला घुमघामका लागि निस्कन नसकेको व्यवसायीले बताए। एकसाताको अवधिमै पर्यटन क्षेत्र सुस्ताउन पुगेको व्यवसायीको भनाई छ। व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायातको पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिडडुल पनि कम भएको छ।

इम्बोस्डको ‘एम्बुस’

सेवाग्राहीले इम्बोस्ड नम्बर प्लेट लिएपछि त्यसलाई कार्यालय परिसरमै सवारीसाधनमा जडान गर्नुपर्छ। त्यसका लागि पनि सास्ती खेप्नुपर्ने हुन्छ।

दुर्गमको पीडा: डोल्पामा सधैं टिकटकै सास्ती

बिहान ४ बजेदेखि नै विमानस्थलको मूलढोकामा टिकटका लागि यात्रु लाइन लाग्छन्। टिकटका लागि उनीहरु राति जाग्राम बस्छन्। 'उडान धेरै भए टिकट सबैलाई दिनहुन्थ्यो, तर अवस्था त्यस्तो छैन', समिट एयरका प्रमुख पूर्णजङ्ग शाहीले भने, 'हामीसँग जम्मा १७ सिट क्षमता छ, त्यसमा बिरामी, महिला र अन्य सबै मिलाउँदा सबैलाई ठाउँ दिन सकिँदैन। सक्दो मिलाउने प्रयासमा हुन्छौँ।'

बन्दको सास्तीमा परेका एक पात्र

‘छोरी पनि काममा?’ भन्ने जिज्ञासामा उनी भन्छन्, ‘छोरी काममा हैन, छोरीलाई चाहिँ उसको काकीकोमा छोडर म चाहिँ काममा जान्छु।’

डोल्पा अस्पतालमा औषधिको चरम अभाव, उपचारमा सास्ती

जिल्ला अस्पताल दुनैमा औषधीको चरम अभाव भएको छ। सामान्य औषधि समेत नहुँदा उपचारको लागि अस्पतालमा पुगेका सर्वसाधारणले स्वास्थ्य सास्ती व्यर्होनु परेको छ।

पुल नहुँदाको सास्तीः बर्खाको भेलमा पनि डुंगाकै सहारा

‘कर्णालीमा पुल नहुँदा हरेक वर्ष डुंगा तर्ने क्रममा पाँच/दश जना कर्णालीले खाएकै हुन्छ,’ उनले भनिन्, ‘पुल नहुँदाको पीडा कहिलेसम्म भोग्नुपर्ने हो थाहा छैन।’ कर्णालीको भेलबाट बाँचेकी उनले छोरालाई विजौरा स्वास्थ्य चौकीमा पुर्‍याएर खोप लगाइन्।

सर्वत्र कोरोनाको कहर : मजदुरदेखि घरबेटीसम्मलाई सास्ती

काठमाडौँ महानगरपालिका वडा नं १४ खड्का गाउँकी रेखा खड्कालाई कोरोना र राजनीतिको कारण देशको अवस्था कहालीलाग्दो लाग्न थालेको छ। दैनिक आउने मृत्युको समाचारले हरेक पलमा झस्काउँछ उनलाई।

कोरोना संक्रमितले भरिएपछि अन्य बिरामीलाई सास्ती

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै अस्पतालहरूमा संक्रमित तथा कोरोनाको लक्षण भएका बिरामी बढेपछि अन्य स्वास्थ्य समस्या भएका बिरामीहरू उपचारबाट वञ्चित हुन थालेका छन्। टीकापुर अस्पतालले इमरजेन्सी बाहेकका सेवा बन्द गरेको छ।

दुई वर्षमा सक्नु पर्ने व्यापारिक मार्ग साढे चार वर्षसम्म अधुरै

वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्गको निर्माण कार्यमा निर्माण कम्पनीले ढिलाइ गर्दा सर्वसाधारणहरुलाई सास्ती खेप्नु परेको छ। निर्माण कम्पनीले समयमै काम पुरा गर्न नसक्दा जितपुर बजार क्षेत्रका स्थानीयहरु सवारी जाम र धुलोको कारणले सास्ती खेप्नु परेको हो। धुलोका कारण लामो समयसम्म आजित बनेका जितपुरका स्थानीयहरु अहिले तत्काल सडक बनाउन माग गर्दै आन्दोलन समेत सुरु गरेका छन्।

सडकमा पोखरी : सडक मर्मत नहुँदा सास्ती

रोल्पा सदरमुकाम लिवाङ हुँदै घर्तीगाउँ जोड्ने महत्वपूर्ण सडक जिर्ण बनेको छ । सडक डिभिजन कार्यालय प्युठानको जिम्मामा रहेको यो ३१ किलोमिटर सडकमा सवारी साधन मात्र नभएर पैदल यात्रुलाई समेत दिक्क भएको छ ।

सडकले सास्ती

प्राविधिक योजना विना खनिएका ग्रामीण सडक स्तरिय नहँुदा स्थानीयले सास्ती भाग्नु परेको छ। प्राविधिकको डिजाईन विना अप्रेटरका भरमा खनिएका रोल्पाका अधिकाशं ग्रामीण सडक यतिबेला संचालनमा छैनन् भने कतिपय सडकमा कस्टकर यात्रा गर्नु पर्ने बाध्यता छ।

लकडाउनले मृगौलाका विरामीलाई सास्ती

लामो लकडाउनको कारण डाइलाइसिस गराउदै आएका मृगौलाका विरामीहरूलाई धेरै सास्ती खेप्नु परेको छ । सातामा २ पटकसम्म डाइलाइसिस गर्नुपर्ने विरामीहरू यातायात बन्द हुँदा आवतजावत गर्न नपाउदा समस्यामा छन् भने कतिपय विरामीहरू वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाताभित्र धर्मशालामा बसेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्