२४ असार २०८१ सोमबार
image/svg+xml

दुई कोठेको सास्ती, जीर्ण घरमै सुत्दै भूकम्प पीडित

निजी आवास पुनर्निर्माणको काम ओखलढुंगामा अन्तिम चरणमा पुगेको छ।अधिकांशले दुईकोठे भूकम्प प्रतिरोधी घर बनाएका छन्। पुनर्निर्माणपछि तयार भएको दुई कोठेमा मात्रै सिमित हुँदा लाभग्रहीहरू सास्ती भोग्न परेको छ। कतिपयले पुराना जीर्ण घर भत्काएका छैनन्। भूकम्प प्रतिरोधी बनेको दुई कोठे घरले आवश्यकता पूरा नगरेकाले लाभग्रहीहरुले पुराना घर नभत्काई राखेका हुन्। नयाँ बनेको दुईकोठे घरमा पाहुँना सुताएर परिवारका सदस्यहरू चर्किएको पुरानै घरमा जोखिम मोलेर बस्न बाध्य छन्। भूकम्पले घर भत्केकाहरूले दुई कोठेसंगै अर्को नयाँ घर धमाधम बनाउदै छन्।

पार्किङ र रुट परमिटको नाममा भारतीय पर्यटकलाई सास्ती

स्थल मार्ग भएर सबैभन्दा धेरै पर्यटक भित्रने बेलहिया नाकामा अव्यवस्थित पार्किङ र अतिरिक्त शुल्कका कारण पर्यटकले सास्ती खेप्नु परेको छ। भारतीय गाडीसहित नेपाल आउने पर्यटकले सवारीसाधन भन्सार सुविधा लिनु पर्छ।

एम्बुलेन्स चालकको बदमासीले बिरामीलाई सास्ती

जिल्लामा सञ्चालित अधिकाशं एम्बुलेन्सहरु बिरामीमैत्री छैनन्। एम्बुलेन्समा अक्सिजन समेत नराँखिदा बिरामीले सास्ती खेप्नु परको हो।

कमला र बलान पुल पूरा नहुँदा सास्ती

२०६८ सालमै शिलान्यास भई काम सुरु भएको हुलाकी सडकअन्तर्गतको कमला र बलान नदीका पुल आठ वर्ष बित्दा पनि अधुरै छन्।

सुस्तावासीको नियती, नारायणीमा पुल नहुँदा सास्ती

‘आफ्नै जिल्लाको स्कुल, अस्पताल बजार छोडेर हामी भारतीयको शरणमा पर्न बाध्य छौं। सरकारले हामीलाई आफ्नै देशभित्र बिरानो बनाएको छ', स्थानीय शंकर केवट भन्छन्, 'हाम्रा लागि एउटा झोलुंगे पुल पनि बनाइदिन नसक्ने सरकारसँग अरु के अपेक्षा गर्ने?’

यात्रुलाई सास्ती

अहिले दसैंले गर्दा सवारीसाधन धेरै गुड्ने गर्छन् भने अर्काेतिर यहीबेला सडक मर्मत भएकाले पनि बढी समस्या भएको हो। साघुँरो सडक, उकालो, ओरालो बाटो, घुमाउरो मोड रहेको नौबिसे नागढुंगा सडकखण्डमा दैनिक सवारी जामले यात्रुलाई आजित पारेको छ। राजधानी भित्रिने र राजधानीबाट बाहिरी जिल्ला जाने यात्रुले जामको सास्ती खेप्नुपरेको छ।

घर फर्कनेको लर्को, सीमानामा सास्ती

‘नेपाली भाषा बोल्ने र परिचितले जस्तै व्यवहार गर्ने एकजनाले एकएकवटा बिस्कुट खान दिएको थियो,’ सेती प्रादेशिक अस्पतालमा उपचारपछि होसमा आएका गोपालले भने, ‘त्यसपछि के भयो, केही थाहा भएन।’ उनका अनुसार दुवैजनाबाट ५०/५० हजार गरी १ लाख रूपैयाँ लुटिएको छ।

पर्यटकीय नाकामै सास्ती

भत्काएर असरल्ल छोडिएको सडक। बुङबुङ्ती उडेको धुलो। मालवाहक ट्रक, रिक्सा, मोटरसाइकल तथा पैदलयात्रुको ठेलमठेल भीडभाड। साँघुरो र होचो प्रवेशद्वार, जसमा ‘नेपालमा तपाईंलाई स्वागत छ’ सम्म लेखिएको छैन, राष्ट्रिय झन्डा पनि छैन। न सडकमा ट्राफिक भेटिन्छन् न पार्किङको नै सुविधा छ। पानी पर्दा सडकमा हिलोले झनै बिजोग हुन्छ। देशमै सबैभन्दा धेरै पर्यटक भित्र्याउने जस बोकेको रुपन्देहीको बेलहिया नाकाको शब्दचित्र हो यो।

धुलाम्मे सडकले सर्वसाधारणलाई सास्ती

वर्षैंदेखि सडक लथालिंग छोडिँदा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ। तर काठमाडौं उपत्यका सडक विस्तार आयोजना र ठेकेदार व्यवसायी भने आलटाल गर्दै आइरहेका छन्।

सवारी चढ्न हिउँद कुर्नुपर्ने नै राजधानी

शङ्खरापुर नगरपालिका नाङ्लेभारेमा हिलाम्मे बाटोका कारण सबारीसाधन आवतजावत गर्न सकेका छैनन्। काठमाडौंको निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने उक्त क्षेत्रमा बर्षायममा सवारी चल्न नसक्दा सर्वसाधरणले निकै सास्ती खेप्नु परेको छ।

फोहोर व्यवस्थित नहुँदा सास्ती

जितपुर सिमरा उपमहानगरपालिकाले फोहोर व्यवस्थित गर्न नसक्दा नगरवासीलाई सास्ती व्यहोर्नु परेको छ। उपमहानगरले दैनिक सफा गर्नुपर्ने फोहोर सफा नगरी जितपुर, सिमरा, पथलैयालगायत बजार, चोक र सडकछेउमा लामो समयसम्म छोड्दा सर्वसाधारणलाई सास्ती भएको जितपुरका व्यवसायी पुष्कर रायमाझीले गुनासो गरेका छन्।

बसपार्क अस्तव्यस्त हुँदा यात्रुलाई सास्ती

सवारीसाधनको बढ्दो चाप र सरोकारवाला निकायले बेवास्ताले बसपार्क अस्तव्यस्त बनेको हो । जसका कारण यात्रुले सास्ती खेप्नुपरेको यात्रुको गुनासो छ । बसपार्कमा कार्यरत कर्मचारी निरञ्जन कार्कीले अहिलेसम्म बसपार्क सडक मर्मत नहुँदा यात्रुहरूलाई समस्या भएको बताए । उनी बसपार्कका सवारी कर उठाउने कम्पनी जलेश्वर स्वच्छन्द विकोई विल्र्डस प्रालिमार्फत् सवारी साधनको कर उठाउँछन् ।

डाइभर्सन बगाएपछि यात्रुलाई सास्ती

वडाध्यक्ष झाका अनुसार सो डाइभर्सनको तत्काल मर्मत गरेर यातायात सुचारु गराउन सडक डिभिजन कार्यालय चन्द्रपुरलाई पटकपटक आग्रह गरिएको तर मर्मतका लागि चासो नदेखाएको आरोप लगाएका छन्।

मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती

हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विद्युत कार्यालयका कर्मचारीको बेवास्ताका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ।

विर्तामोड–भद्रपुर सडकखण्डले सास्ती

निर्माणाधीन विर्तामोड–भद्रपुर सडकखण्डको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ। विर्तामोड १० की ६७ वर्षीया सुमित्रा राईको नालीमा डुबेर ज्यान गएका हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्