२० आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

यात्रुलाई सास्ती

दुवै मिर्गौला फेल भई उपचारका लागि काठमाडौं आउँदै गरेका रौतहट गरुडा नगरपालिका–२ का ३५ वर्षीय रूपलाल साहको सवारी जामका कारण बाटामै मृत्यु भएको घटना आफंैमा दुभाग्र्यपूर्ण हो। नौबिसे–नागढुंगाअन्तर्गत पर्ने त्रिभुवन राजपथ र नौबिसेदेखि मुग्लिनसम्मको पृथ्वी राजमार्गमा एक सातादेखि ठाउँठाउँमा जे–जसरी सवारी जाम पर्ने गरेको छ, त्यसका कारण यात्रुहरूले हैरानी त बेहोर्नुपरेको छ नै, साथै साहजस्ता बिरामीको मृत्यु नै हुन पुगेको छ। सायद सवारी जाम नभएको भए साह काठमाडौंको अस्पतालमा आइपुग्थे र बाँच्न सक्थे। तर जामका कारण उनलाई अस्पताल आइपुग्न समय लाग्यो र बेलैमा उपचार हुन सकेन। अन्ततः उनको मृत्यु भयो। यतिसम्म कि बिहान पौने ४ बजेदेखि नै बस जाममा परेको थियो। बिहीबार बेलुका ६ बजे साहको मृत्यु हुँदा बस पृथ्वी राजमार्गमा पर्ने थाक्रे गाउँपालिका–२ हुलाकडाँडामा आइपुगेको थियो। सिम्लेबाट महादेवबेंसी बजार आइपुग्न करिब साढे दुई घण्टा लागेको थियो भने बस बिहीबारको दिनभरि नै जाममा परेको थियो। त्यसले गर्दा पनि साहको तत्कालै उपचार हुन सकेन। आर्थिक अवस्था कमजोर भएका कारण साहलाई उनकी आमाले डायलाइसिसका लागि सार्वजनिक यातायातमार्फत नै काठमाडौं ल्याउँदै थिइन्। साहको अवस्था एकाएक गम्भीर भएपछि बसचालक र यात्रुले एम्बुलेन्सको खोजी गर्दागर्दै साहको मृत्यु भएको हो।

अहिले दसैंले गर्दा सवारीसाधन धेरै गुड्ने गर्छन् भने अर्काेतिर यहीबेला सडक मर्मत भएकाले पनि बढी समस्या भएको हो। साघुँरो सडक, उकालो, ओरालो बाटो, घुमाउरो मोड रहेको नौबिसे नागढुंगा सडकखण्डमा दैनिक सवारी जामले यात्रुलाई आजित पारेको छ। राजधानी भित्रिने र राजधानीबाट बाहिरी जिल्ला जाने यात्रुले जामको सास्ती खेप्नुपरेको छ।

अहिले नौबिसे–नागढुंगाको यात्राको कष्ट वर्णन गरिसाध्य छैन। ओरालो मोड, खाल्डाखुल्डी, लेदो आदिले राजमार्गको यात्रालाई निकै नै सकस बनाएको छ। असुरक्षित यात्रा र अड्कल गरेको समयमा ठाउँमा नपुग्नु आमयात्रुको हैरानीको विषय बनेको छ। सवारी जामले गर्दा निश्चित समय छुट्ट्याएर गन्तव्यमा हिँडेका सर्वसाधारण समस्या भोग्न बाध्य छन्। समयमै काम नभ्याइने समस्या त छँदै छ, यात्रा पनि उत्तिकै सकसपूर्ण र असुरक्षित बन्दै गएको छ। यात्रा यतिसम्म लम्बिने गरेको छ कि दुई÷तीन घण्टाको बाटोको यात्रा गर्न अहिले झन्डै ८ देखि १२ घण्टासम्म लाग्ने गरेको छ। देशका ६७ जिल्लालाई राजधानीसँग जोड्ने एक मात्र स्थलमार्गका रूपमा चिनिने त्रिभुवन राजपथको नौबिसे–नागढुंगा खण्डको यात्रा कहालीलाग्दो बन्न थालेको छ। उकालो भएर जाँदै गरेका मालवाहक सवारीसाधन कतिबेला सडकमै बिग्रन्छ पत्तै हुँदैन। सामान्य समयमा पनि ठाउँठाउँमा सवारी बिग्रिनाले यात्रुले सास्ती खेप्दै आएका हुन्। त्यसो त सवारी बिग्रिएर नियमित आवागमन रोकिनु सामान्य भइसकेको अवस्थामा अहिले चाडपर्वको समयमा सवारीको चाप बढ्दा झनै समस्या देखिएको छ।

चाडपर्व नजिकिएसँगै काठमाडौंमा बसोबास गर्नेहरू गाउँ फर्किन थालेका छन्। चाडपर्वका लागि खाद्यान्न तथा कपडाहरू नौबिसे–नागढुंगाको बाटो हुँदै राजधानी काठमाडौं भित्रिएका छन् भने दसंै मनाउन बिस्तारै राजधानीबाट बाहिरिन थालेका छन्। तर राजधानी छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकमा भने दैनिक लामो जाम बेहोर्नुपरेको छ। नागढुंगा हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रुदेखि चालक सबैले सास्ती भोग्दै आएका छन्। धादिङको सिम्लेदेखि काठमाडौंको कलंकीसम्म नै ठाउँठाउँमा लामो जाम भएकाले पनि यात्रा कष्टकर बन्दै गएको हो। खाल्डाखुल्डी परेर बिग्रिएको सडकमा केही दिनयता मर्मतको काम सुरु भएकाले पनि अहिले बढी जाम भएको हो। एकातिर अहिले दसैंले गर्दा सवारीसाधन धेरै गुड्ने गर्छन् भने अर्काेतिर यहीबेला सडक मर्मत भएकाले पनि बढी समस्या भएको हो। साघुँरो सडक, उकालो, ओरालो बाटो, घुमाउरो मोड रहेको नौबिसे नागढुंगा सडकखण्डमा दैनिक सवारी जामले यात्रुलाई आजित पारेको छ। राजधानी भित्रिने र राजधानीबाट बाहिरी जिल्ला जाने यात्रुले जामको सास्ती खेप्नुपरेको छ। चाडपर्वमा खाद्यान्नलगायत सामग्री लिएर राजधानी हिँडेका मालवाहक ट्रक उकालो बाटोमा बिग्रिँदा झनै जाम खेप्नुपरेको छ। राजधानी काठमाडौंलाई जोड्ने यो नाकाको सडक भत्किएको धेरै भएको हो। तर त्यसलाई मर्मत गर्नतिर खासै ध्यान पुगेन तर अहिले दसैंलाई ध्यान दिँदै हतारहतार टालटुल गर्ने काम गरिएको छ। यो कार्यले एकातिर अहिले जाम बढाई दसैंमा घर जाने यात्रुलाई सास्ती भएको छ भने अर्काेतिर यो हतारमा गरिएकाले टिकाउ नहुने सम्भावना पनि उत्तिकै छ। यो अवस्थामा यात्रुको सास्तीलाई ध्यानमा दिँदै जाम घटाउनेतर्फ ध्यान दिन जरुरी छ। त्यसका लागि ठूला मालवाहक ट्रक र लरीलाई दिउँसोका समय प्रवेशमा रोक लगाउनेदेखि ठाउँठाउँमा ट्राफिक प्रहरी बसेर सवारीसाधनको व्यवस्थापन गर्न पनि उत्तिकै आवश्यक छ। त्यसका साथै सडक मर्मतको कामलाई पनि व्यवस्थित गर्न पनि उत्तिकै जरुरी छ। मुख्य कुरा सवारीसाधनको चाप बढ्ने चाडपर्वको समयमा सडक मर्मत गर्ने होइन, त्यसअघि नै सडकलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्छ। त्यसो गर्न सकियो भने चाडपर्वको समयमा यात्रुले अनावश्यक सास्ती र हैरानी खेप्नुपर्ने थिएन।

प्रकाशित: १२ आश्विन २०७६ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App