फेरि सावधानीको समय
यसअघि दुईमात्र खोप लगाइसकेका व्यक्तिले अब बुस्टर डोज लगाउन नपाउने हो भने भने ती पनि फेरि संकटमा पर्ने अवस्था छ। त्यसैले खोप रणनीतिमा भने हाम्रो राजनीतिक नेतृत्व असफल सावित हुँदैछ।
नेपालको तेस्रो मुलुकसँग हुने वैदेशिक व्यापारको ठूलो हिस्सा भारत भएर हुँदै आएको छ। उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि तातोपानी, रसुवागढीलगायतका केही नाका सञ्चालनमा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईजहाजमार्फत पनि व्यवसायीले हलुका सामान आयात निर्यात गर्दै आएका छन्।
मुलुकलाई संघीयताको ढाँचामा लैजाँदा धेरै कोणबाट विचारविमर्श भएका थिए। नेपालजस्तो सानो मुलुकका लागि संघीयता आवश्यक छैन भन्नेहरू थिए र आज पनि छन्। अहिले लागु गएिको विकेन्द्रीकरणको सिद्धान्तलाई राम्रोसँग कार्यान्वयन गर्न सके र तल्लो प्रशासनिक निकायलाई अधिकार सम्पन्न बनाए संघीयतामै जानुपर्दैन भन्ने धारणा पनि उत्तिकै बलियो थियो।
मौद्रिक नीतिले कर्जाको ब्याज बुझाउने समय थप, पुनर्कर्जा व्यवस्था, ऋण पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा दिएको छ। २० प्रतिशत थप चालु पुँजी कर्जा उपलब्ध गराउने, पुनर्कर्जा कोषको पाँच गुणासम्म पुनर्कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। यस्तै बैंक तथा वित्तीय संस्थाको सेवाशुल्क र प्रशासनिक खर्च कटौती गरिने, सिसिडी अनुपातलाई ८० प्रतिशतबाट ८५ प्रतिशतमा बढाउनेलगायत नीति छ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक थेड्रोस आदानम ग्राब्रियासोसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका निम्ति एकमात्र विधि सुझाउँदै भनेका छन्– टेस्टिङ, टेस्टिङ एन्ड टेस्टिङ । अर्थात् यसको एकमात्र उपाय हो– जाँच, जाँच र जाँच । उनले यसो भनेको ३ चैतमा हो ।
विश्व यति बेला कहिल्यै नभोगेको कहरबाट गुज्रिरहेको छ। समकालीन विश्व व्यवस्थाबाट हामी अछुत छैनौं। यस्तो बेला सरकारले असाधारण उपाय अवलम्बन गर्नु आवश्यक छ। अहिलेसम्म हामी कोभिड १९ को प्रभावबाट जोगिएका छौं भन्ने भ्रम पनि टुटिसकेको छ। एक १९ वर्षीयामा कोभिड १९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि यसको सन्त्रास हामीबीच फैलिइसकेको छ।
कोरोना भाइरसलाई हाम्रो भूमि र ज्यानमा प्रवेश निषेध गर्नु नै सबैभन्दा उत्तम उपाय हो। जसका लागि सरकार तथा स्वास्थ्य विज्ञहरूले औल्याएका सामान्य नियम पालना गर्नैपर्छ। कम्तीमा पनि सरकारका निर्णय पालना गर्ने र विज्ञका सुझाव पछ्याउनु नै अहिलेका लागि सबैभन्दा उत्तम उपाय हो।