७ वैशाख २०८१ शुक्रबार
शेरबहादुर जेरो


शेरबहादुर जेरोका लेखहरु :

स्थानीय तहमा कानुन निर्माण : जसको लागि बनाइयो, उनैलाई थाहा छैन

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले २०७५ असारदेखि २०७७ साल भदौसम्म आईपुग्दा १५ वटा कानुन बनाई सकेको छ। शिक्षा ऐनदेखि फोहर मैला व्यवस्थापन ऐनसम्म बनाई सक्दा अझै पनि नगरपालिकाले सातवटा महत्वपूर्ण कानुनहरु बनाउनै बाँकी छ।

कोरोनाका नाममा स्थानीय सरकारकाे करोडौं स्वाहा, उपलब्धि भने भएन

सुनकोशी गाउँपालिका–१ ओखलढुंगाकी एक महिला गत असार पहिलो हप्ता भारतको सिक्किमबाट घर आइन्। रोजगारीको सिलसिलामा सिक्किमबस्दै आएकी उनी कोरोनाका कारण असहज परिस्थिती भएपछि गाउँ फर्किइन्।

तीन जिल्लाका लागि ओखलढुंगामा होल्डीङ सेन्टर स्थापना

प्रदेश नं. १ को तीन जिल्लाका लागि ओखलढुंगामा होल्डीङ सेन्टर स्थापना गरिएको छ । सोलुखुम्बु, खोटाङ्ग र ओखलढुंगाको तीन स्थानीय तहका लागि जिल्लाको मानेभञ्ज्याङ्ग–७ हर्कपुरमा होल्डीङ सेन्टर स्थापना गरिएको हो ।

असार १५ अघि नै १५ प्रतिशत रोपाइँ

ओखलढुंगामा यस वर्ष असार १५ अघि नै १५ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । चाढै मनसुन सुरु भएसँगै राम्रो सँग पानी परेकाले यस वर्ष रोपाइँ छिटो भएको हो ।

विद्यार्थीको घरमै पाठ्यपुस्तक पुर्‍याउदै स्थानीय तह

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले पालिका भित्रका विद्यार्थीका घर घरमै पाठ्यपुस्तक पुर्‍याउने भएको छ । लकडाउनले विद्यालयहरु बन्द रहेकाले नगरपालकाले विद्याथीहरुका घरमै पाठ्यपुस्तक पुर्‍याउने योजना बनाएको हो ।

ओखलढुंगामा विद्यालय पुनर्निर्माण सुस्त

साविकको जिल्ला शिक्षा कार्यालय माफर्त भईरहेको विद्यालय पुनर्निर्माणको काम अहिले हाल कायम गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले गरिरहेको छ । जिल्लामा केही विद्यालय ठेकेदार मार्फत र केही व्यवस्थापन समिति तथा उपभोक्ता समिति मार्फत निर्माणको काम भईरहेका छन् । सबैजसो विद्यालय भवन निर्माणको काम सुस्त चलिरहेको छ ।

बाबुबाट बलात्कृत किशोरीको क्यान्सरबाट निधन

आफ्नै बुबाबाट पटक–पटक बलात्कृत भएकी एक १५ वर्षीया किशोरीको क्यान्सर रोगका कारण निधन भएको छ । सुनकोसी गाउँपालिका घर भएकी ती किशोरीको उपचारको क्रममा काठमाडौमा निधन भएको हो ।

क्वारेन्टाइनमै अविवाहित युवतीले जन्माइन् मृत शिशु

छिमेकी जिल्ला उदयपुरबाट आएर ओखलढुंगाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशु जन्माएकी छन्। मोलुङ गाउँपालिकाकै १६ वर्षिया अविवाहित युवतीले क्वारेन्टाइनमै मृत शिशुु जन्माएकी हुन्।

‘लकडाउन’का कारण अलपत्र परेका नागरिकलाई घर ल्याइने

मानेभञ्ज्याङ्ग गाउँपालिका ओखलढुंगाले लकडाउनका कारण विभिन्न ठाउँमा रोकिएर रहेका गाउँपालिकाका नागरिकलाई घर ल्याउने भएको छ । गाउँपालिकाले विभिन्न कामका सिलसिलामा जिल्ला भन्दा बाहिर गएर बसिरहेको अवस्थामा गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका गाउँपालिकाबासीलाई घरसम्म ल्याउने भएको हो ।

भिड व्यवस्थापन गर्न नसक्दा तरकारी बजार बन्द

कोरोनाको संक्रमण रोकथामका लागि नेपाल सरकारले देश लकडाउन गरेपछि पनि चार सातासम्म लाग्दै आएको ओखलढुंगाको तरकारी बजार बन्द गरिएको छ । बजारमा तरकारी किनमेलका लागि आउने व्यक्तिहरुको भिडलाई व्यवस्थापन गर्न नसक्दा हटियाँ बन्द गर्ने निर्णय गरिएको हो ।

सोलुखुम्बुमा प्रहरी हवल्दारको मृत्यु

सोलुखुम्बुमा कोरोनाको रोकथामका लागि ड्युटीमा रहेका प्रहरी हवल्दारको अचानक मृत्यु भएको छ । सोलुखुम्बुको अस्थायी प्रहरी चौकी दोर्पुका ईन्चार्ज समेत रहेका ३८ वर्षिय प्रहरी हवल्दार शिवप्रसाद भट्टराईको आइतबार बिहान करिब ३ बजे अचानक मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक टेकुनन्द ईवा लिम्बुले जानकारी दिए ।

ओखलढुंगाका ४ जनाको रिपोर्ट पनि नेगेटिभ

कोरोना परीक्षणका लागि ओखलढुंगाबाट धरान पठाइएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ। जिल्ला अस्पताल रुम्जाटारको आइसोलेसनमा रहेका ४ जनाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

एक भारतीयलाई ओखलढुंगाको क्वारेन्टाइनमा राखियो

घुमन्ते जीवन विताउदै आएका एक भारतीयलाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको सुनकोशी गाउँपालिका हुँदै ओखलढुंगा सदरमुकाम आईपुगेका उनलाई बिहीबार ओखलढुंगा क्याम्पसको क्वारेन्टाइनमा राखिएको हो।

जनप्रतिनिधिले मातृभाषामा जनचेतना फैलाउदै

विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न गाउँ गाउँमा सचेतनाका अभियानहरु सञ्चालन भईरहेका छन्। नागरिकको घरदैलोको सरकारका रुपमा रहेको स्थानीय सरकारले घरघरमा पुगेर सरसफाई र जागरणका कार्यक्रम गरिरहेका छन्।

मापदण्ड नपुगेपछि पुनः चार जनाको स्वाब धरान पठाइयो

मापदण्ड नपुगेपछी पुनः स्वाब संकलन गरी परीक्षणका लागि धरान पठाइएको छ। चार जनाको स्वाब परीक्षणका लागि पुनः धरान पठाइएको जिल्ला कमान्ड पोष्टका सूचना अधिकारी तथा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सुमन तिवारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्