३० असार २०७७ मंगलबार
समाज

सोलुखुम्बुमा प्रहरी हवल्दारको मृत्यु

ओखलढुंगा–सोलुखुम्बुमा कोरोनाको रोकथामका लागि ड्युटीमा रहेका प्रहरी हवल्दारको अचानक मृत्यु भएको छ । सोलुखुम्बुको अस्थायी प्रहरी चौकी दोर्पुका ईन्चार्ज समेत रहेका ३८ वर्षिय प्रहरी हवल्दार शिवप्रसाद भट्टराईको आइतबार बिहान करिब ३ बजे अचानक मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक टेकुनन्द ईवा लिम्बुले जानकारी दिए ।

प्रहरी नायब उपरिक्षक लिम्बुका अनुसार डुयुटीमै रहेको बेला शनिबार मध्यराती हवलल्दार भट्टाईको अत्याधिक पेट दुखेपछि उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो । अस्पताल पुर्‍याएपछि बेहोस बेहोस भएका हवल्दार भट्टराईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

भोजपुर स्थायी घर भई हाल सुनसरीमा बस्दै आएका भट्टराईको घरमा श्रीमती दुई छोरा र एक छोरी छन् । अहिले उनको शबलाई घर पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

 

प्रकाशित: ७ वैशाख २०७७ १५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App