२२ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

एमालेद्वारा सांसदलाई संसदीय अभ्यासबारे प्रशिक्षण

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सङ्घीय सांसद्लाई संसदीय अभ्यासबारे प्रशिक्षण दिएको छ।  

सिंहदरबारस्थित संसद् सचिवालयमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्रशिक्षण दिइएको सांसद ऐन महरले जानकारी दिए।

त्यसक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसद्‌मा विधेयक निर्माणसम्बन्धी र राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुयाँलले प्रभावकारी संसद् र रचनात्मक सांसद (संसदीय अभ्यासका व्यावहारिक प्रश्न) बारेमा प्रशिक्षण दिएका थिए।

प्रशिक्षणमा कार्यवाहक अध्यक्ष रामबहादुर थापासहित दुवै सदनमा एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २१ चैत्र २०८२ २१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App