२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

सडकमा पोखरी : सडक मर्मत नहुँदा सास्ती

रोल्पा सदरमुकाम लिवाङ हुँदै घर्तीगाउँ जोड्ने सडक । तस्बिर : दिनेश/नागरिक

रोल्पा सदरमुकाम लिवाङ हुँदै घर्तीगाउँ जोड्ने महत्वपूर्ण सडक जिर्ण बनेको छ । सडक डिभिजन कार्यालय प्युठानको जिम्मामा रहेको यो ३१ किलोमिटर सडकमा सवारी साधन मात्र नभएर पैदल यात्रुलाई समेत दिक्क भएको छ । जेठको अन्तिम तिरबाट बिग्रीएको यो सडक मर्मतमा कार्यालयले कुनै चासो दिएको छैन । सडकमा दर्जनौ स्थानमा माछा पोखरी जत्रा खाल्डा छन् भने कतिपय ठाउँमा पहिरोले पनि उस्तै बनाएको छ ।

सडक मर्मतका नाममा वर्षेनी लाखौ रकम खर्चको बिल बनाउने कार्यालयले कहिल्यै जनपक्षीय काम गर्ने गर्दैन । सडक डिभिजनको लापरवाही प्रति स्थानीयसंगै जनप्रतिनिधिहरु पनि दिक्क छन् । ‘यो सडक डिभिजन कार्यालयको जिम्मा हो । अति भएपछि एकपटक हामीले पनि सफा गर्‍र्यौ तर कार्यालयले खासै वास्ता गर्दैन ।’ माडि गाउँपालिका घर्तीगाउँका प्रमुख नन्दबहादुर पुनले भने ‘सडक डिभिजनले पूर्वाधार कार्यालयको जिम्मा भन्छ अनि सडक पूर्वाधार कार्यालयले उताको जिम्मा हो भन्छ ।’ अध्यक्ष पुनका अनुसार सडक डिभिजनसंग बजेट हुन्छ तर काम गर्दैनन् ।

त्यसो त दाङको भालुवाङ प्युठान हुँदै रोल्पा सदरमुकाम लिवाङ जोड्ने सडक पनि यहि कार्यालयको जिम्मामा छ । उसले यो सडकको अवस्था सुधारमा पनि ध्यान दिने गरेको देखिदैन । ठेक्का लगाउने र ठेकेदारहरुसंगको सम्बन्ध बाहेक आम जनताको हितमा कहिल्यै काम नगर्ने कार्यालयका गतिबिधिमा स्थानीय प्रसासनले पनि पर्याप्त चासो दिदैनन् । रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले नागरिकसंग कुरा गर्दै यो सडकका विषयमा गम्भीरता पूर्वक हेर्ने र तुरुन्तै मर्मत गराउन लगाउने बताए ।

सडक डिभिजन कार्यालय प्रमुख बिनोद सापकोटाले आफू ब्यस्त भएको बताउदै सडक बिग्रीएको सवालमा बोल्न चाहेनन् । रोल्पा हेर्ने जिम्मा पाएका ईन्जिनियर दिपक खड्काले आफू भर्खरै सरुवा भएर आएको बताउदै यो सडकका बारेमा खासै जानकारी नभएको बताए । उनले भने ‘त्यती थाहा छैन । रोल्पा तिर खासै काम भईरहेको जस्तो लाग्दैन ।’

त्यसो त दाङ हुँदै रोल्पा होलेरी जोड्ने सहिद मार्गको पनि उस्तै बेहाल छ भने ग्रामीण सडक त झनै अस्तब्यस्त छन् । नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने रोल्पाका सडक लगायत अन्य विकासमा राज्यको दृष्टी नपुगेको । ‘राज्यले रोल्पालाई हेर्दै हेर्दैन । जनस्तर र नागरिक तवरबाट दिनुपर्ने संगठित दवाब पनि पुगेको छैन ।’ उनि भन्छन् ‘स्थानीय प्रशासनको प्राथमिकतामा पनि यस्ता विषय पर्दैनन् ।’ उनि जस्तै घर्ती गाउँका पत्रकार बुद्धिमान वली ठेकेदार र प्राबिधिकका कारणले सडक बिग्रेको बताउँछन् । ‘सुरुवातीबाटै सडक बिग्रीएको हो । न ठेकेदारले मर्मत गर्छन् न त कार्यालयले नै मर्मत गर्छ । स्थानीयहरुलाई सास्ती भएको छ ।’

प्रकाशित: २१ श्रावण २०७७ ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App