२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

सडकले सास्ती

तस्बिर : परिर्वतन गाउँपालिका – ३, केवरी गाउँ जाने सडक।

प्राविधिक योजना विना खनिएका ग्रामीण सडक स्तरिय नहँुदा स्थानीयले सास्ती भाग्नु परेको छ। प्राविधिकको डिजाईन विना अप्रेटरका भरमा खनिएका  रोल्पाका अधिकाशं ग्रामीण सडक यतिबेला संचालनमा छैनन् भने कतिपय सडकमा कस्टकर यात्रा गर्नु पर्ने बाध्यता छ।  

जनप्रतिनिधिका आफ्नै डोजर प्रयोग गरिएर खनिएका ती सडकको झन अनुगमन समेत हुँदैन भने जिल्लामा खनिएका प्राय सडकको स्वतन्त्र अनुगमन त झनै कहिल्यै हुँदैन। यतिबेला रोल्पाका धेरै स्थानीय सडक संञ्जालबाट टाढा छन्। गाउँमा सडक खनिएको भए पनि सवारी साधन संचालन गर्न सकिने अवस्थामा छैनन्। त्यसो त लकडाउनका कारण लामो समय संचालनमा नआएका कतिपय सडकमा बाटोको अस्तित्व समेत देखिदैन।  

सदरमुकाम छेउँकै धवाङ, होमा लगायत साबिकका गाबिसका सडक अबरुद्ध छन्। ‘पोबाङ, गुम्चाल, थवाङ तिरका सडक अबरुद्ध भईराख्छ। हिउँदमा चल्ने कतिपय सडक बन्द छन।’ रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङ भन्छन् ‘मुख्य केन्द्र होलेरी, जुगार, सुलिचौर तिर नियमित छ अन्यत्र प्राय अवरोध आईरहन्छ तर पनि पुरै बन्द भयो भन्ने चाहि खबर आएको छैन।’ बर्षेनी करोडौ खर्च गरिएका सडक गतिलो गरि नखन्दा हरेक बर्ष समस्या आईरहने गरेको हो।

हिजो आज काम विशेषले गाउँतिर जानै पर्ने र स्थानीय स्तरमा साना सवारी साधन चढ्नेहरुलाई समस्या सुरु भएको छ। कतिपय ठाउँमा बिहान जादा सडकको अस्था ठिकै हुन्छ तर बेलुका फर्कदा बन्द भईसकेको हुन्छ। ‘ग्रामिण सडक गतिलो नबनाउदा साह्रै सास्ती हुने गर्दछ।’ स्थानीय एक व्यक्ति भन्छन् ‘गतिला भनिएका सडक समेत हिड्न नमिल्ने छन्। स्थानीय स्तरमा पनि जन्रतिनिधिले चासो दिदैनन्, उनीहरुलाई सडक खन्नै ठिक्क छ।’ उनका अनुसार कतिपय वडा कार्यालय जाने सडक समेत हिड्नै नमिल्ने अवस्थामा छन्।  

त्यसो त यहाँ ग्रामीण सडक मात्र नभएर दाङ, भालुवाङ हुदै सदरमुकाम जोड्ने र सहिद मार्गमा समेत सवारी साधन र यात्रुको विचल्ली हुने गर्दछ। जिल्ला भित्रिने मुख्य सडकको नै विचल्ली भएको नहेर्ने राज्यले ग्रामिण सडकमा सजिलै ध्यान दिने गरेको पाईदैन। विकास भनेको सडक हो भन्ने मान्यता राखेका तिनै तहका सरकारले आम जनताको सहज यात्राका लागि कहिल्यै चासो नदिएको स्थानीयहरुको गुनासो छ।  

‘यतिबेला रोल्पाका ५० प्रतिसत बढि ग्रामिण सडक अबरुद्ध छन। प्राबिधिकको सहयोग बिना डोजर अप्रेटरले जबरजस्त खन्छन्। नाला हुदैन, सडकको तलमाथि बिरुवा रोपिदैन।’ पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने भन्छन् ‘यो सबै दीगो योजनाको अभाबको परिणाम हो। यतातीर कसैको चासो पनि देखिदैन।’ उनका अनुसार कतिपय सडक चुनाब लक्षित पनि हुने गर्दछन्।  

रोल्पामा यतिबेला सडकले सजिलो भन्दा सास्ती सुरु भएको छ। कतै नाम मात्रको सडक छ भने कतै त सबै पुरीएको वा भत्कीएको छ। आउदा दिनमा गतिलो योजना र प्राविधिकको सल्लाह बमोजिम सडक निमार्ण गर्नु पर्ने देखिन्छ।  

प्रकाशित: १० श्रावण २०७७ ०८:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App