९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

मुक्तककार चौलागाईंकाे ‘मनोकाङ्क्षा’ लोकार्पण

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंकाे ‘मनोकाङ्क्षा’ मुक्तकसङ्ग्रहको लोकार्पण गरेका छन्। यस अवसरमा कुलपति राईले मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्नुपर्छ। मुक्तक दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्कोजस्तै बन्न सक्नुपर्छ। यस अर्थमा मुक्तककार मीना चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न समक्ष रहेको बताएका थिए।

नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले मीना चौलागाईंकाे ‘मनोकाङ्क्षा’ मुक्तकसङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना रहेको बताइन्। उनले मुक्तकमा सुखदुख, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण भएको बताइन्।

प्रज्ञाप्रतिष्ठानको पारिजात प्रवचन कक्षमा भएकाे कार्यक्रममा मुक्तककार पार्वती भट्ट, कार्मु चौलागाईं, प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले लोकार्पित मुक्तकसङ्ग्रहका तीनतीन मुक्तक वाचन गरेका थिए।

कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवकर पौडेल, सुनिल अधिकारी, रमेश पौडेल, प्रतीक ढकाल, कोमल ढुङ्गाना र आयुश्री चौलागाईंले शुभकामना मन्तव्य राखेका थिए। मुक्तककार चौलागाईंले आफ्नो मुक्तक लेखनशैली र रचनागर्भबारे बताउँदै केही मुक्तक वाचन गरेकी थिइन्।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा महासचिव यादव भट्टराईको उद्घोषण र प्रतिष्ठानका केन्द्रीय सदस्य दिव्य गिरीको स्वागत मनतव्य रहेक‍‍ो थियो।

प्रकाशित: ९ मंसिर २०८१ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App