मलाई त्यतिबेला लाग्यो । छोरी भनेको दुखको सुरुवात हुनु हो । मलाई त्यतिबेला किन छोरा भइनँ भन्ने कुरामा निकै ग्लानि हुन्थ्यो । त्यतिबेला म घरमाथिको किम्बुको रुखमुनि बसेर बेसरी रुन्थेँ । उड्दै गरेको केमेरा चरी हेर्थेँ । त्यसैगरी उडेर टाढाटाढा जान मन लाग्थ्यो । कसैले नेदख्ने ठाउँमा कसैले नभेट्ने ठाउँमा।
इमेल पढेपछि मुटु ढक्क फूल्यो। हतारहतार फेक आइडीबाट उसको प्रोफाइल खोलेँ। हार्दिक श्रद्धाञ्जली लेखेर थुप्रै फोटो ट्याग भैसकेका रहेछन्। जबरजस्ती मन सम्हालेँ। मैले यति धेरै मन पराएको मान्छेको खरानीसम्म देख्न पाइनँ। यो जुनीमा त सम्भव भएन अर्को जुनी पाएँ भने उसलाई नजिकबाट एक पटक नियाल्न मन छ।