लहानमा प्रतिष्ठाको लडाइँः गठबन्धन भर्सेस एमाले
सामूहिक जातीय हिसाबले साह र एकल जातीय हिसाबले थारूको बाहुल्य रहेको लहान नगरमा उनीहरूको मतलाई आफ्नो पक्षमा पार्न प्रमुख दलले सोही समयुदायका व्यक्तिलाई मैदानमा उतारेका छन्। प्रमुख राजनीतिक दलमध्येबाट चौधरी र साहबाहेक अन्य समुदायबाट उम्मेदवारी परेको छैन।