४ वैशाख २०८१ मंगलबार
राजनीति

सुदूरपश्चिममा पनि गठबन्धनबीच तालमेल हुन्छः दाहाल

धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिममा पनि स्थानीय निर्वाचनका लागि गठबन्धनबीच तालमेल हुने बताएका छन्।

सुदूरपश्चिममा गठबन्धनका बारेमा के हुने भन्ने कुरा नेता तथा कार्यकर्ताबीच चोक चौतारामा बहस चलिरहेका बेला चुनावी अभियानका क्रममा धनगढी आइपुगेका अध्यक्ष दाहालले देशभरमै भइरहेको गठबन्धनबीचको तालमेल सुदूरपश्चिममा पनि हुने बताएका हुन्।

बिहीबार बिहान धनगढी विमानस्थलमा पत्रकार भेटघाटका क्रममा अध्यक्ष दाहालले भने,‘हिजो मात्रै वक्तव्य प्रकाशित गरेर गठबन्धनभित्र तालमेलमा अधिकतम जोड गर्ने भनेर केन्द्रमा जरी महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको आधारमा तालमेल भएको छ, त्यही मर्म र भावनालाई आत्मसाथ गरेर सुदूरपश्चिममा पनि तालमेल हुन्छ।’

कहीँ कतै समस्या परेमा गठबन्धनभित्र स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि बाँकी राखेको पनि उनले बताए। ‘कुनै ठाउँमा गठबन्धनबीच समस्या परेमा हामीले त्यस्तो ठाउँमा स्वच्छ प्रतिस्पर्धाका लागि ठाउँ पनि राखेका छौँ,’ उनले भने,‘फेरि त्यसो भन्ने वित्तिकै आफै-आफै प्रतिस्पर्धामा जाने भन्ने हैन, समस्या परेको ठाउँमा मित्रतापूर्ण तरिकाले स्वस्थ प्रतिस्पर्धा गर्ने भन्ने हो।’

उनले जे जस्तो भए पनि गठबन्धनबीच प्राथमिकता तालमेलमा नै भएको जिकिर गरे। गठबन्धनभित्र असन्तुष्टि देखिएकोबारे पत्रकारले गरेको प्रश्नमा अध्यक्ष दाहालले असन्तुष्टिका स्वरहरु स्वभाविक भएको बताए।

उनले भने,‘असन्तुष्टिका स्वरहरु सुनिनु स्वभाविकै हो, यो केही दिनमा शान्त हुन्छ।’ टिकट वितरण गर्दा एउटा पार्टीभित्र असन्तुष्टि देखिनु स्वभाविकै भएको बताउँदै उनले भने,‘यहाँ त गठबन्धनको कुरा छ, तर असन्तुष्टि धेरै ठूलो छैन। असन्तुष्ट रहनुभएका साथीहरुले पनि केही दिनमा कुरा बुझ्नुहुन्छ।’

प्रकाशित: ८ वैशाख २०७९ ०६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App