८ वैशाख २०८१ शनिबार
राजनीति

पहिला जे भयो भयो अब हाम्रो हैसियत बमोजिम मन्त्रालय चाहिन्छ: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रशिक्षण भेला सम्बोधन गर्न केही बेरअघि जनकपुरधाम आइपुगेका छन्। 

मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलेको र अहिलेसम्म औपचारिक रुपमा नटुंगिएको पनि बताए।

उनले भने, 'मन्त्रीपरिषद्मा मन्त्रालय हेरफेरको कुरा चलेको छ। केही नयाँ आउने पुराना जाने कुरा चलिरहेको छ। तर निर्णय भैसकेको छैन। मैले प्रधानमन्त्रीलाई भनिसकेको छु, ‘पहिला जे भयो भयो अब हाम्रो हैसियत बमोजिम मन्त्रालय चाहिन्छ।’

उनले देशको राजनीति निर्वाचन केन्द्रित भएको बताएका छन्। प्रमुख राजनीतिक दलको सम्पूर्ण क्रियाकलाप निर्वाचन केन्द्रित भएको बताएका हुन्। उनले भने, 'हाम्रो यो प्रशिक्षणको कार्यक्रम पनि निर्वाचनसँग जोडिएको प्रक्रिया हो। प्रशिक्षणमा महाधिवेशनका एजेन्डाभन्दा पनि निर्वाचनका विषयमै हाम्रो जोड रहन्छ।'

निर्वाचनमा आफ्नै बल बुतामा निर्वाचन परिणामलाई निकाल्ने कुरामा उच्च प्राथमिकता दिने उनले बताए। साथसाथै गठबन्धलाई लिएर अघि बढ्ने र गठबन्धनलाई लिएर चुनावमा जाने राम्रो परिणम निकाल्नमै जोड रहेकाे समेत उनकाे भनाइ थियाे।

प्रकाशित: ८ चैत्र २०७८ ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App