१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गठबन्धन फुटाउने खेल रोकिएको छैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच दलिय गठबन्धन फुटाउने र संविधान उल्ट्याउने खेल अझै नरोकिएको बताएका छन्।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न शनिबार गोरखा आएका उनले भने ‘गठबन्धन हटाउने र संविधान उल्ट्याउने प्रयास भइरहेको छ, दुई पटक त हामीले यो खतरा टार्‍यौँ, तर अझै खेल रोकिएको छैन।’

स्थानीय निर्वाचन माओवादीका लागि लडाई भएको बताउँदै उनले कार्यकर्तालाई भने ‘अन्य पार्टीका लागि स्थानीय निर्वाचन एउटा चुनाव मात्र हो तर माओवादी केन्द्रका लागि महान शहिद, लाखौँ लाख जनताका सपना सफल पार्ने विफल पार्ने भन्ने लडाईं हो, यो आउँदै गरेको चुनाव लडाईं हो, हामीले जित्नैपर्ने छ।’

अरुले हार्दा जित्दा खासै फरक पर्दैन तर माओवादी केन्द्रले हार्दा गणतन्त्र हार्ने खतरा रहेको उनले बताए। हामीले ल्याएको उपलब्धी जाली फटाहाले उल्ट्याउन खोजेको उनले आरोप लगाए। जसरी पनि उनिहरुले घेरा हाल्ने र माओवादी केन्द्रलाई सिध्याउने भनिरहेको बताउँदै अध्यक्ष प्रचण्डले भने ‘उनीहरुले माओवादीलाई सखापपार्न हिजो पनिखोजे, शान्तिप्रक्रियामा ल्याएपछि हारिहाल्छन् भन्न्ठाने, तर सकेनन्।’

अहिले चुनावमा माओवादीलाई हराउने, हराइ छाड्ने भनेको बताउँदै अध्यक्ष दाहालले थपे ‘एमसिसीलाई देखाएर गठबन्धन भत्काउने, अर्को प्रतिक्रियावादी गठबन्धन गर्ने, एमाले र कांग्रेसको गठबन्धन गरेर देशभरी हराउने अनेक बुद्धी लगाउने त्यो सपना पनि अहिले चकनाचुर भयो।’ गठबन्ध नटुटेको र एमसिसी पास गर्दा सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने गरी समस्या हल गरिएको उनले बताए।

स्थानीय निर्वाचनमा शहीद र बेपत्ता परिवारका सदस्य कहाँ गएर माओवादी नेता कार्यकर्ताहरुले आफ्ना कमिकमजोरी नदोहोर्‍याउने प्रतिवद्धता गर्नुपर्ने र भएका कमी कमजोरीका समिक्षा गर्नुपर्ने उनले बताए। एक महिनाभित्र कस्सिएर स्थानीय निर्वाचन केन्द्रित हुन कार्यकर्तालाई निर्देशन गर्दै उनले गोरखाले २०६४ को चुनावको शाखा अब आउने स्थानीय चुनावमा जोगाउनु पर्ने बताए।

विसं २०७१ साल फागुन १४ गते माओवादी अध्यक्ष दाहालले सिलान्यास गरेका बारपाक सुलिकोट गाउँपालिकाको भवपनको शनिबार उद्घाटन गरेका हुन्। उक्त भवनचार करोड ९५ लाख रुपैयाँमा निर्माण भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए। दाहाल भवन उद्घाटन गर्न हेलिकप्टरबाट गोरखा आएका थिए।

प्रकाशित: १२ चैत्र २०७८ ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App