१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्णय विपरित एमसीसी पारित गरेको भन्दै नेता पोखरेलद्वारा आपत्ति

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले पार्टीको निर्णय विपरित एमसीसी यथास्थितिमा संसदबाट पारित गरेको भन्दै आपत्ति जनाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले एमसीसी पारित गरिसकेपछि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिले पार्टीमा अन्तरविरोध शुरु भएको बताए।

नेता पोखरेलले एमसीसीको बारेमा संसदमा सांसदले उठाएका प्रश्नको जवाफबिनै एमसीसी पास गराएको र विकासको आवरणमा भूराजनीतिक मुद्दालाई अघि बढाइएको आरोप लगाए। उनले प्रमुख प्रतिपक्ष दल एमालेको विरोधकाबीच एमसीसी पास गर्नुले संसद मान्यता भन्दा नयाँ ठाउँमा पुगेको आभाष भएको पनि बताए।

सांसद पोखरेलले भने, ‘८ औँ महाधिवेशनले एमसीसी यथास्थितिमा पारित नगर्ने भनेको थियो। १५ गतेको प्रतिनिधिसभाले एमसीसी पास गरिदियो। संसदका केही घोषणाहरु छन्, उधारो एमसीसीका कुराहरु आए। हाम्रो महाधिवेशनको स्पिडसँग यो मेल खान्छ कि खाँदैन भनेर स्वभाविक ढंगले प्रश्न त उठेको छ। कार्यकर्ता, देश र जनताले यो पार्टीले एमसीसी पास गर्दैन भन्ने ढंगले बुझेको थियो। त्यसले पैदा भएको समस्या हो। अध्यक्षले यो बीचमा पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो, त्यसले पनि हाम्रा अन्तरबिरोधहरु प्रकट भएका छन्। हामीले हाउसमा उठाएका प्रश्नको एमसीसीसँग उत्तर मागेर गरेको भए सम्झौता हुन्थ्यो। हामीले उठाएको प्रश्नको जवलाफ हाउसले दिएको छैन। यो विकासको आवरणमा आएको भूराजनीतिक मुद्दा थियो। एमालेले पनि आफ्नो जिम्मेवारी लिनुपर्छ। विरोधकाबीच पनि एमसीसी अघि बढ्यो। हाम्रो संसद हिजोका मान्यता भन्दा नयाँ ठाउँमा पुगेको मलाई लागेको छ।’

प्रकाशित: १८ फाल्गुन २०७८ १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App