७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी केन्द्र मोरङ संयोजकमा विश्वास

नेकपा माओवादी केन्द्र प्रदेश १ ले मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन गरेको छ। पार्टीको प्रदेश कमिटिले विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो ।  

माओवादी केन्द्रले संघीयताको कार्यान्वयन गर्दै जिल्ला कमिटिलाई समन्वय समितिमा रुपान्तरण गरेपछि विश्वासलाई जिल्ला संयोजक बनाएको जनाएको छ। 

विश्वास प्रदेश १ का पूर्व राज्यमन्त्री हुन्।  सह–इन्चार्जहरुमा खेम भट्टराई, लालबहादुर सुस्लिङ, हेम कार्की, प्रेम मिभव लिम्बू र शुशिला घिमिरेलाई जिम्मेवारी दिएको छ । भट्टराईले संयोजकको दावी गर्दै आएकोमा सहइन्चार्जको जिम्मेवारी दिएको माओवादी केन्द्र प्रदेश १ ले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७८ १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App