१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

बैतडीमा ट्याक्टर दुर्घटनाः एकजनाको मृत्यु, तीन घाइते

दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर जिल्लाको आज बिहान दुर्घटना भएको हो।

दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन्। मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले बताए। उपचारका लागि घाइतेलाई डडेलधुरा अस्पताल पठाइएको छ। दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ। 

प्रकाशित: ८ माघ २०८२ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App