२० वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रदेश १ मा १० जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) का १० जना नयाँ संक्रमित थपिएका छन् । विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार प्रदेशको मोरङ, सुनसरी, झापा, खोटाङ र तेह्रथुममा गरी ३ महिला र ७ पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

रातो मच्छिन्द्रनाथको रथारोहण

शनिबार 'वर्षा र सहकाल' का देवता रातो मच्छिन्द्रनाथको रथारोहण गराईएको छ । आज नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको शुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराईएको हो ।

प्रहरीको अगुवाईमा जिल्लाभर एकैसाथ कोभिड-१९ सम्बन्धी सचेतनामुलक र्‍याली

जिल्ला प्रहरीको अगुवाईमा जिल्लामा कोभिड-१९ सम्बन्धी जनचेतनामुकल र्‍याली निकालिएको छ । जिल्ला प्रहरी, ईलाका प्रहरी, सीमा प्रहरीको आयोजनामा जिल्लाभर र्‍याली याली निकालिएको हो ।

चितवनमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएका तीन सय आठ नमुना परीक्षणमध्ये १९ वटा नमुनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसका कारण ऐतिहासिक रथ यात्रा स्थगित

विराटनगरमा आयोजना हुँदै आएको ऐतिहासिक रथ यात्रा कोरोना भाइरस (कोभिड-१९) को कारणबाट स्थागित भएको छ ।

रौतहटमा हजार बढीले कोरोना जितेर घर फर्किए

रौतहटको विभिन्न आइसोलेसनबाट सफल्तापुर्वक कोरोना माहामारीलाई जितेर अहिलेसम्म साढे ११ सय जना घर फर्केका छन् ।

आवश्यक मापदण्ड पुरा गरेर ट्याक्सी चलाउने व्यवस्था मिलाउ : विकास समिति

संसदको विकास तथा प्रविधि समितिले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय र कोभिड-१९ क्राइसिस मेनेजमेन्ट कमिटिले तयार पारेको मापदण्ड पुरा गरेर सार्वजनिक ट्याक्सी यातायात सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

कपिलवस्तुमा थप २९ जना कोरोना संक्रमित

कपिलवस्तुमा थप २९ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमित संख्या ६ सय ३४ पुगेको हो । स्वास्थ्य कार्यलय अनुसार जिल्लाको मायादेवी गाउँपालिकाका १४ जना, महराजगन्ज नगरपालिकाका ४ जना, कपिलवस्तु नगरपालिकाका ४ जना, शुद्धोधन गाउँपालिकाका २ तथा विजयनगर गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हो ।

धादिङमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा शुक्रबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आइ स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएकाहरुमा कोरोना पुष्टि भएको हो ।

लकडाउनले आर्थिक संकट, विकेन अलैची

अलैचीको नयाँ उत्पादन सुरु हुने बेला हुन लाग्दा पनि गतवर्ष उत्पादन भएको अलैची बिक्री हुन सकेको छैन । कोरोना भाइरस (कोभिड-१९) का कारण भएको लकडाउनपछि अलैचीका कारोबार ठप्प रहेको छ ।

उदयपुरमा थप तीन जना संक्रमित पुष्टि

पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणोन्मुख देखिएको उदयपुरमा आइतबार थप ३ जना संक्रमित फेला परेका छन् । सातादिनअघि संकलन गरी पठाइएको पिसिआर परीक्षण रिपोर्टमा जिल्लाको बेलका नगपालिका ३ का २ जना र चौदण्डीगढी नगरपालिका १ का १ जनामा संक्रमण पुष्टि भएको हो ।

बझाङमा कोरोना पोजेटिभ संख्या आठ पुग्यो

बिश्वमा महामारीको रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) संक्रमितको संख्या बझाङमा आठ पुगेको छ भने अझै पोजेटिभको संख्या बढ्ने सम्भावना देखिएको छ ।

घरभित्रै २४ सैं घण्टा मास्क नलगाउन सुझाब

चिकित्सकहरुले घरभित्रै बस्दा सधै मास्क लगाएर नबस्न सुझाएका छन् । जहिले पनि मास्क लगाएर बस्दा श्वासप्रश्वासको क्रममा आफैंले फालेको कार्वनडाइअक्साड नै लिनुपर्ने र नयाँं अक्सिजन नजाने भई रोगसँंग लड्न सक्ने क्षमतामा ह्रास आउने बताएका छन् ।

जनकपुरको आइसोलेसन कक्षबाट कोरोना संक्रमित भागे

कोभिड-१९ विशेष प्रादेशिक अस्तपाल जनकपुरको आइसोलेसन कक्षबाट एक जना कोरोना संक्रमित भागेका छन् । १४ दिनदेखि आइसोलेसनमा भर्ना सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राती भागेका हुन् ।

क्वारेन्टाइनमा बसे संक्रमित उपचारमा संलग्न स्वास्थ्यकर्मी

कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रका स्वास्थ्यकर्मीहरू क्वारेन्टाइनमा रहेका छन् । केन्द्रमा खटिएका चिकित्सक, नर्ससहितकोे टोली क्वारेन्टाइनमा बसेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्