२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

जनकपुरको आइसोलेसन कक्षबाट कोरोना संक्रमित भागे

कोभिड-१९ विशेष प्रादेशिक अस्तपाल जनकपुरको आइसोलेसन कक्षबाट एक जना कोरोना संक्रमित भागेका छन् । १४ दिनदेखि आइसोलेसनमा भर्ना सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राती भागेका हुन् ।

अस्पतालका प्रमुख डा. जामुन सिंहका अनुसार चारैतिर ताल्चा लागेकोले भाग्न सम्भव छैन । कतै लुकेको होला । उनले भने 'मानसिक रोगी उनी यसअघि पनि लुकेका थिए ।' उनी भर्ना भएको १४ औं दिन स्वाब संकलन गर्ने तयारी हुँदा उनी भगेका हुन ।ु यसअघि पनि उनी आइसोलेसनबाट भागेका थिए । उनलाइ छुट्टै कक्षमा राखिएको थियो ।

धनुषा प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले आइसोलेसन कक्षबाट भागेका संक्रमितको खोजी भइरहेको बताए ।

प्रकाशित: ११ जेष्ठ २०७७ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App