२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

७ हजार १ सय मिटर माथि भेटिएको थियो रुसी आरोहीको शव

धौलागिरि हिमालको आरोहणको क्रममा आइतबारदेखि हराइरहेका पाँच रुसी पर्वतारोही मगंलबार बिहान मृत भेटिएका छन्। 

म्याग्दीको धवलागिरि गाउँपालिका–४,मुदीमा अवस्थित हिमालको हाई क्याप आधार शिविरबाट आइतबार देखि हराएका आरोहीहरूको शव ७ हजार १ सय मिटरको उचाइमा भेटिएको हो।

म्याग्दीका प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार आइ एम टे«कीङ एण्ड एक्सपीडिसन मार्फत धौलागिरि आरोहणका लागि आएका रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको छ।

‘एक टोलीले हेलिबाट पुगेर घटनास्थलको अवलोकन गरेको छ, शव ल्याउन काठमाण्डौबाटै टोली खटिने छ’ प्रनाउ श्रेष्ठले भने। उनले घटनास्थलमा पुगेको टोलीले हराइरहेका आरोहीको मृत्यु भएको पुष्टि गरेको प्रनाउ श्रेष्ठको भनाई छ। ‘मृतक आरोहीको शव एकै ठाउँमा भेटिएको छ,‘घटनास्थलका बारेमा थप बुझ्ने प्रयास भइरहेको छ’ प्रनाउ श्रेष्ठले भने।

आरोहीको टोली हाई क्यापबाट माथिल्लो क्षेत्रमा जाने क्रममा आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए। बेपत्ता आरोहीलाई खोज्न हेली एभरेस्टको हेलिकप्टर मंगलबार दिनभरि परिचालन गरिएको थियो। शव निकाल्ने जनशक्ति कम भएकाले मंगलबार काम रोकिएको प्रनाउ श्रेष्ठको भनाई छ।

हिम पहिरो, हावाहुरी वा अन्य कुनै कारणले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। आरोही मृत भेटिएको क्षेत्र करिब सात हजार छ सय मिटर उचाइ रहेको प्रारम्भिक अनुमान गरिएको छ। मृतक आरोहीसँगै पुगेका भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौँ लगिएका उनी चौथो क्याम्पमा पुगेपछि माथि जान नसक्ने अवस्था भएपछि तल आएर क्याम्पमा बसेका थिए। 

धौलागिरि हिमालको आरोहणको अन्तिम खुट्किलो तथा चौथो क्याम्पबाट माथिल्लो क्षेत्र अत्यन्त जोखिम र हालसम्म आरोही दुर्घटनामा परेको क्षेत्रहरू पर्ने गर्दछ। ८,१६७ मिटर अग्लो धवलागिरि हिमालमा यसवर्ष शरद याममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीले आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ। मृतकको शव बुधबारसम्म अनुकूल मौसम भएमा काठमाडौँ पु¥याउने जनाइएको छ। 

प्रकाशित: २२ आश्विन २०८१ १८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App