२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कोरोना भाइरसका कारण ऐतिहासिक रथ यात्रा स्थगित

फायल फोटो

विराटनगरमा आयोजना हुँदै आएको ऐतिहासिक रथ यात्रा कोरोना भाइरस (कोभिड-१९) को कारणबाट स्थागित भएको छ । विराटनगरमा विक्रम सम्वत् १९८८ देखि कृष्ण जन्माष्टमीको भोलि पल्ट हुँदै आएको रथ यात्रा यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थागित भएको जनाएको छ । शनिबार विराटनगरमा श्रीराधाकृष्ण मन्दिर कार्य समितिले पत्रकार सम्मेलन गर्दै रथ यात्रा कोरोना भाइरसका कारण स्थागित गर्नुपरेको जानकारी दिएको हो । 

‘विश्व अहिले कोरोना भाइरसको माहामारीमा परेको बेला यहाँ पनि अछुतो  रहन सकेको छैन,’ समितिका अध्यक्ष बाबुराजा ओझाले भने, ‘त्यस कारण १९८८ देखि हुँदै आएको युगल जोडी भगवान श्रीराधाकृष्णको रथ यात्रा यस वर्ष स्थगित गर्नुपरेको छ ।’ रथ यात्रामा लाखौं भक्तजन आउने हुँदा भाइरसको जोखिम धेरै हुने भएकाले सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै सबै झुलन र रथ यात्रालगायत सम्पूर्ण सार्वजनिक कार्यक्रम स्थगित गरेको छौं, ओझाले भने । 

साउन १५ गतेदेखि झुलन महोत्सव हुँदै २७ गते कृष्ण जन्माष्टमी र २८ गते रथ यात्रा हुने वार्षिक तालिका रहे पनि यस वर्ष भने कुनै पनि सार्वजनकि कार्यक्रम आयोजना नगर्ने आयोजक समितिले जनाएको छ । 

विक्रम सम्वत् १९८८ सालमा ‘खट’ यात्राबाट सुरु भई २०२५ सालदेखि रथ यात्राका रूपमा निरन्तरण हुँदै आएको थियो । रथ यात्रा विराटनगर–१ पोखरियास्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथले नगरको मुख्य  बजारको परिक्रममा गर्दै करिब आठ किलोमिटरको यात्रा तय गर्छ । रथ यात्रामा सहभागी हुन भारतको पश्चिमबंगाल, विहारलगायत देशको विभिन्न ठाउँबाट करिब ५ लाख बढी भक्तजनको सहभागिता हुँदै आएका थियो ।

प्रकाशित: २७ असार २०७७ ०८:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App