९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

धादिङमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा शुक्रबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आइ स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएकाहरुमा कोरोना पुष्टि भएको हो । संक्रमित देखिएकाहरु मध्ये दुई जना महिला र २६ जना पुरुषहरु छन् । उनीहरु सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाका छन् ।  

ज्वालामुखी गाउँपालिकाले निर्माण गरेको विभिन्न क्वारेन्टिनमा रहेकाहरुको आरडिटी टेष्टमा पोजेटिभ आएकाहरुको गत जेठ २८ गते स्बाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो । राष्ट्रिय जनसंख्या प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ अर्थात कोरोना संक्रमण पुष्टि भएको हो ।  

संक्रमितहरु मध्ये ज्वालामुखी गाउँपालिका वडा नं १ का ३५ वर्षीय महिला, ४३, ४४, ३६ र ५६ वर्षका पुरुष, वडा नं २ का ३७ वर्षीय वर्षीय महिला, ३३, ३२, २९, ४३, ५६, २७, ३७, २४ र ४८ वर्षीय पुरुष छन् । त्यस्तै वडा नं ५ का २६, ४२ र १६ वर्षीय पुरुष, वडा नं ६ का २६, २० र २९ वर्षीय पुरुष र वडा नं ७ का २२, २२, ४०, ५०, २१ र २२ वर्षीय पुरुष रहेका छन् ।  

त्यस्तै सिद्धलेक गाउँपालिका वडा नं २ का ३८ वर्षीय पुरुष छन् । जेठ २७ गते स्बाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएकोमा पीसिआर रिपोर्ट पोजेटिभ आएको हो ।    

धादिङमा कोभिड १९ पुष्टि हुनेको संख्या ५८ पुगेको छ । बिहिबार त्रिपूरासुन्दरी गाउँपालिकाका ७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये ३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित: ३० जेष्ठ २०७७ १५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App