४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लकडाउनले आर्थिक संकट, विकेन अलैची

अलैचीको नयाँ उत्पादन सुरु हुने बेला हुन लाग्दा पनि गतवर्ष उत्पादन भएको अलैची बिक्री हुन सकेको छैन । कोरोना भाइरस (कोभिड-१९) का कारण भएको लकडाउनपछि अलैचीका कारोबार ठप्प रहेको छ । भारत अलैची निकासी हुन नसकेपछि अलैचीको कारोबार ठप्प छ । अलैची व्यवसायीहरुले अहिले अलैची किन्न सक्ने अवस्था छैन ।

ठूलो परिमाणमा किसान र व्यवसायीको गोदाममा अलैची थन्किएको छ । काकरभिट्टा नाकाबाट अलैची भारत पठाउने व्यवसायीहरुको प्रयास असफल भएको छ । ‘अहिले अलैचीको कारोबार गर्ने अवस्था छैन । किसानहरुकै गोदममा अलैची निक्कै छ । हामी व्यवसायीको गोदममा छ । कारोबार गर्न नपाउदा समस्या भएको छ । दशगाडी अलैची अहिलेपनि भन्सारमा गएर रोकिएको छ’ नेपाल अलैची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष नरेन्द्र अधिकारीले भने ‘भारत निकासी गर्ने वातावरण बने कारोबार पुनः सुरु हुने थियो ।’

लकडाउनका कारण आर्थिक समस्या बढ्दै जादा किसानहरुले अलैची बेच्न नपाएका हुन । यो सिजनमा अलैचीको राम्रो मूल्य नआएपछि किसानहरुले अलैची बेचीसकेका थिएनन् । राम्रो भाउ आउने आशामा रहेका किसानहरु लकडाउनले थप समस्यामा परेका हुन । ‘लकडाउनका बेला आर्थिक समस्या भएको छ । एकातर्फ आर्थिक संकट छ, अर्को तर्फ अलैची बेच्न पाइएको छैन’ फिदिम–७ का किसान विजय तामाङले भने ‘अस्ती भाउ आउछ कि भन्ने आशा थियो । अहिले कहिले बेच्न पाईएला भन्ने अवस्था आएको छ ।’

अलैचीको साउन अन्तिमदेखि नयाँ उत्पादन सुरु हुन्छ । १ नम्बर प्रदेशको पहाडी जिल्लाको प्रमुख नगदेवालीको रुपमा अलैची रहेको छ । यसका साथै नेपालबाट निर्यात हुने प्रमुख कृषि उपज समेत रहेको छ । भारत निकासी गर्ने वातावरण बनाउनु पर्ने माग रहेको पाईन्छ । भारत हुँदै व्यापार हुने नेपालको अलैची निकासी गर्न नपाउदा कारोबार पूर्ण रुपमा ठप्प भएको छ ।  

नेपालबाट निकासी हुने प्रमुख कृषिवालीको रुपमा रहेको अलैचीको नयाँ सिजन सुरु हुने बेलामा समेत गोदममौ थन्कीनु पर्दा ठूलो क्षती पुगेको छ । नेपालका ४२ भन्दा बढि जिल्लामा अलैची खेती हुने गरेको छ । तर प्रदेश १ का ताप्लेजुङ, संखुवासभा, पाँचथर, इलाम, धनकुटा, तेह्थुम, खोटाङ जिल्लामा धेरै हुने गरेको पाईन्छ । कृषि विभागको तथ्याङ्क हेर्ने हो भने  १२ हजार १ सय २० हेक्टरबाट क्षेत्रबाट अलैची उत्पादन हुने गरेको छ । यो मध्ये ११ हजार ३ सय हेक्टर १ नम्बर प्रदेशका पहाडी जिल्लामा रहेको छ ।  

 

प्रकाशित: २९ जेष्ठ २०७७ १२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App