भारतको महाराष्ट्र विधानसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको महायुति गठबन्धनले दुई तिहाई मत पाएको छ। २ सय ८८ सिटको महाराष्ट्र विधानसभामा महायुत्तिले २ सय ३० सिट पाएको हो।
एमबीएले ५० सिट जित्दा अन्यले भने ८ सिटमा जित हासिल गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रमा महायुति गठबन्धनले पाएको जनादेशलाई विकास र सुशासन सुरु भएको प्रतिक्रिया दिएका छन्। कांग्रेस नेतृ प्रियंका गान्धी वायनाड लोकसभा उपनिर्वाचनमा विजयी भएकी छन्।
उनले कम्युनिस्ट पार्टीका सत्यन मोकेरी र भारतीय जनता पार्टीकी नव्या हरिदासलाई पराजित गरेकी हुन्। प्रियंकाले ६ लाख २० हजार भन्दा बढी मतले चुनाव जितेकी हुन्। दुई स्थानमा चुनाव जितेका राहुल गान्धीले सो सिट छाडेपछि त्यहाँ उपनिर्वाचन भएको हो।
प्रकाशित: ९ मंसिर २०८१ ०६:३१ आइतबार