४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

अबको संसार, मास्कसहितको संसार

कोरोना भाइरसको संक्रमण रोक्नका लागि बढीभन्दा बढी मानिसले फेसमास्क लगाउनु पर्छ ? यो प्रश्नको उत्तरम अब विश्व स्वास्थ्य संगठनका केही विशेषज्ञले खोज्नेछन् ।

स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ, विरामीको अवस्था सामान्य

विराटनगरस्थित कोरोना उपचार केन्द्रमा खटिँदै आएको स्वास्थ्यकर्मीहरूको कोरोना परीक्षण गरिएको छ । संक्रमितको उपचारमा संलग्न २८ स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिएको हो ।

विराटनगर बजारमा अत्याधिक भीडभाड हुँदा पीपीई सेटमा युवा

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउन बुधबार ३७ औं दिन भएको छ । लकडाउनको सुरुआती समयमा सर्वसाधारणले लकडाउन र भाइरसको डरले घर बाहिर नआउँदा बजारमा खासै भीडभाड हुँदैन थियो ।

आजदेखि जगातीमा यात्रुको व्यक्तिगत विवरण पनि राख्न सुरु

अनियन्त्रित आवतजावत बढेपछि महानगरीय प्रहरी बृत जगाती भक्तपुरले बुधबारदेखि राजमार्ग भएर आवतजावत गर्ने यात्रुहरुको व्यक्तिगत विवरण पनि राख्न सुरु गर्ने भएको छ ।

वीपीमा सय बेडको कोभिड-१९ अस्पताल

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छुट्टै सय बेडको कोभिड-१९ अस्पताल सञ्चालनमा आएको छ । प्रतिष्ठानले एक सातामा युद्धस्तरमा काम गरेर कोरोना संक्रमितको लागि आइसियु र अपरेशन थिएटरसहितको कोभिड -१९ अस्पतला तयार गरेको हो ।

निजी खर्चमा ५० लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान

कोभिड-१९ संक्रमण नियन्त्रणका लागि मुख्य अस्त्र मास्क स्यानिटाइजर, ग्लोब्स पिपिई र थर्मल गन बजारमा पाउन मुश्किल छ । माग बढी आपूर्ती कम भईरहेको बेला स्वास्थ्य सामाग्री सरकारसँग अपुग छ । जिल्लामा स्वास्थ्य सामाग्रीको अभावबीच कोभिड-१९ संक्रमण नियन्त्रणका लागि सीमा नाका, क्वारेन्टाइन र चेकजाँच गर्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सरकारको निर्देशनमा फिल्डमा परिचालित छन् ।

सडक मजदुर अलपत्र

कोरोना भाइरस (कोभिड-१९)ले नेपालमा संक्रमण नफैलियोस भनेर सरकारले गरेको लकडाउनबाट सर्वसाधारण मारमा पर्न थालेको छन् । लकडाउन भएदेखि काम नभएका कारण सडक निर्माणमा काम गर्दै आएका नेपालगञ्जका ७ जना मजदुर मोरङमा अलपत्र परेका छन् ।

रमजानमा लकडाउनको असर, घरमै बसेर नमाज आदा

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् ।

झापाका ६२ वर्षिय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो

झापाका दमक नगरपालिका-३ का ६२ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४९ पुगेको छ।

मासुको मूल्यमा मनपरी

लकडाउनको समयमा भक्तपुर बजारमा मासुको मूल्यमा मनपरी देखिएको छ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिको निर्णय अनुसार संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालाहरुको सहभागितामा जगाती क्षेत्रको मासु पसल अनुगमनका क्रममा यस्तो देखिएको जनाइएको छ ।

चेपाङ गाउँमा खाद्य संकट : न काम, न माम

स्याउलाले बारेको झुप्रो घर । यस्तै स–साना झुप्रो भित्र ओत लागिरहेका १२ जनासम्मको परिवार । घरभित्र अन्नपातको नाममा एक बोरा पिठो बाहेक अरु केही देखिन्न ।

रसुवाको दुई गाउँपालिकाबाट आरडिटी सुरु, ५२ जनाको रिपोर्ट नेगेटिभ

रसुवाको चार वटा गाउँपालिकामा द्रुत विधिबाट परीक्षण गरिएका सबै व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सोमबार जिल्लाको नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाबाट पनि आरडिटी सेवा सुरु भएको छ । सोमबार आमाछोदिङ्मो गाउँपालिकामा १४ र नौकुण्ड गाउँपालिाकामा ८ जनाको परीक्षण गरिएको छ ।

मन्त्री नेम्वाङद्वारा स्वास्थ्य सामग्री सहयोग

भौतिक योजन तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले गृह जिल्ला पाँचथरमा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । मन्त्री नेम्वाङको पहलमा कोरोना भाइरस (कोभिड-१९) बाट बच्न तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन ।

रसुवामा २९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

रसुवामा एक हप्तामा द्रुत विधिबाट परीक्षण गरिएका सबै व्यक्तिको कोरोना रिपोर्ट ‘कोरोना नभएको अर्थात नेगेटिभ’ आएको छ। जिल्लामा गएको आइतबारदेखि रसुवा अस्पताल र जीवजीवे ग्रामीण अस्पतालबाट आरडिटी सेवा सुरु भएको थियो।

विदेशबाट आएकाको तथ्यांक नहुँदा परीक्षणमा अन्योल

हिमाली जिल्ला डोल्पामा कोरोना भाइरस (कोभिड-१९) द्रुत परीक्षण गर्ने किट र उपकरण लकडाउनको २५ औं दिनपछि बल्ल पुगेको छ। कीट र उपकरण पुगेसंगै कोरोनाको परीक्षण स्थानीय तहबाट सुरु गरिने भएको छ। कोरोना आरडिटी परीक्षण किट १४० थान मलेरीयाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने सेट जिल्लामा पुगेको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्