coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आवश्यक मापदण्ड पुरा गरेर ट्याक्सी चलाउने व्यवस्था मिलाउ : विकास समिति

संसदको विकास तथा प्रविधि समितिले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय र कोभिड-१९ क्राइसिस मेनेजमेन्ट कमिटिले तयार पारेको मापदण्ड पुरा गरेर सार्वजनिक ट्याक्सी यातायात सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैंठकले लकडाउनको कारणले सर्वसाधारणको आवतजावतमा थप सहजता प्रदान गर्नको लागि सार्वजनिक यातायातसँग सम्वद्ध ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गरेको छ ।  

समितिले बुधबार सार्वजनिक यातायातसँग सम्वद्ध सरोकारवाला मजदुर संगठन र व्यवसायी महासंघका पदाधिकारीहरुसँग कोभिड-१९ को अवस्थाका कारण लकडाउन अवधिमा र त्यसपछि सार्वजनिक यातायात सञ्चालन गर्ने सम्बन्धमा छलफल गरेका थिए । समितिको बैंठकले चार बुँदे निर्णय गरेको छ ।  

सार्वजनिक यातायातसँग सम्बद्ध मजदुरहरुको दैनिक कष्टकर बनेको गुजारा चलाउन नसकेपछि आत्महत्यासम्ममा पुग्नुपर्ने दर्दनाक परिस्थितिको सूजना भएको र व्यवसायीहरुले बैंकको ऋण तिर्न नसकेको लगायतको विषयमा जानकारी गराएका थिए ।

संसदको विकास समितिले सार्वजनिक यातायात कोभिड-१९ को कारण विद्यमान लकडाउनको अवधिमा र कोभिड-१९ को महामारी बीचमा पनि सार्वजनिक यातायातलाई व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने सम्बन्धमा कोभिड-१९ क्राइसिस मेनेजमेन्ट समिति र भौतिक पूर्वाधार मन्त्रालयसँग आगामी बैंठकमा छलफल गर्ने निर्णय गरेको छ ।

विकास समितिको गत असार ११ गते बसेको बैंठकले कोभिड १९ को कारणले सार्वजनिक यातायात व्यवसायीको लगानी डुब्ने अवस्था सिर्जना भएकाले सहुलियत कर तथा बैैकको ऋणको ब्याजदरमा पुर्नतालिकीकरण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । कोभिड-१९ को संक्रमणको वर्तमान अवस्थामा सार्वजनिक यातायातको ठोस योजना बनाई कार्यान्वयन गर्न र उक्त कार्ययोजना समितिलाई उपलब्ध गराउन समितिले सरकार र मन्त्रालय तथा विभागलाई निर्देश गरेको छ ।

विकास तथा प्रविधि समितिको सभापति कल्याणकुमारी खड्काको अध्यक्षतामा बसेको बैंठकले सार्वजनिक यातायात व्यवसायी मर्कामा परेको भन्दै सहुलियत दरमा पुर्नकर्जा अन्य सहुलियत उपलब्ध गराउन गत बिहीबार सरकारलाई निर्देशन दिएको थियो । कोभिड-१९ को संक्रमणको वर्तमान अवस्थामा सार्वजनिक यातायातको ठोस योजना बनाई कार्यान्वयन गर्न र उक्त कार्ययोजना समितिलाई उपलब्ध गराउन समितिल सरकार र मन्त्रालय तथा विभागलाई निर्देश गरेको छ । 

कोभिड-१९ सँगै भएको लकडाउनको कारणले अहिले ४ लाख भन्दा धेरै सार्वजनिक यातायातका सवारीसाधन ठप्प छन् । जसमा ११ लाख भन्दा धेरे मजदुर कार्यरत रहेका छन् । उपत्यकामा ११ हजार भन्दा धेरै ट्याक्सी व्यवसायी रहेका छन् ।

 

 

प्रकाशित: २४ असार २०७७ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App