१० आश्विन २०८१ बिहीबार
image/svg+xml

भुल्केमा कोरोना नियन्त्रण, अन्यत्र फैलदै

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के वैशाखभरी देशकै कोरोना भाइरस (कोभिड–१९) को ‘इपिसेन्टर’ बन्न पुग्यो । वैशाख ५ देखि ९ गतेभित्र नुरी मस्जिद आसपास भुल्केमा संक्रमित संख्या ५ महिलासहित ३२ पुगे ।

भारतमा एकैदिनमा झण्डै १० हजार संक्रमित, २७९ को मृत्यु

भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित भएका छन्।

कोरोना भाइरसबाट विश्वमा ४ लाख १३ हजार भन्दा बढीको मृत्यु, ७३ लाखभन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ७६० पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ७३ लाख २५ हजार ८३९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

क्वारेन्टिनमा बसेका एक जनाको उपचारको क्रममा मृत्यु

मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गरेका एक जनाको बाटोमै मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नम्बर–४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले बताईन् ।

कोरोना कहरः चीन महाशक्ति बन्न सक्छ?

कोभिड–१९ महामारीबीच ‘एन्टी अमेरिकन’ र ‘प्रो चाइनिज’ समूहरुले विश्वमा चिनियाँ प्रभूत्व कायम होस् भन्ने चाहन्छन्। महामारीका कारण अमेरिकी प्रभाव कमजोर देखिए पनि चीनले एकल वर्चश्व कायम राख्न स्वयं चीनका लागि पनि त्यति सजिलो छैन।

सर्पदंशको उपचारमा आएका व्यक्तिमा कोरोना पुष्टि भएपछि इमरजेन्सी सेवा बन्द

सर्पदंशको उपचारका लागि आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश अस्पतालको इमरजेन्सी सेवा बन्द भएको छ। भारतबाट आएर जेठ १६ गतेदेखि बराहताल गाउँपालिका–४ को भेरी माविको क्वारेन्टिनमा रहेका ५० वर्षका बृद्धलाई सोमबार राति सर्पले टोकेको थियो।

आइसोलेसनमा लापरबाही, संक्रमित भागेपछि त्रास

आइसोलेसनमा बसिरहेका बाँकेका एक संक्रमित सोमबार राति फरार भए । जानकी गाउँपालिका–१ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँको आइसोलेसनमा बसिरहेका ३५ वर्षीय पुरुष फरार भएका हुन् । उनी मंगलबार बेलुकीसम्म पनि फेला परेनन् । नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित कोरियनपुर निवासी संक्रमित सोमबार राति सुरक्षाकर्मीको आँखा छलेर फरार भएका थिए ।

क्यालिफोर्नियाको फिल्म हल फेरि खोल्न अनुमति

कोरोना भाइरस महामारीको जोखिम कम गर्न बन्द लकडाउन गरिएसँगै बन्द रहेका क्यालिफोर्नियाको फिल्म हलहरु फेरि खोल्न अनुमति दिइएको छ । सोमबार क्यालिफोर्निया राज्यले सामाजिक दुरीसहितका नयाँ निर्देशिका जारी गर्दै आगामी जुन १२ देखि सो राज्यमा फिल्म हलहरु पुनः सञ्चालन गर्न अनुमति दिएको थियो ।

‘कोरोना नियन्त्रणका नाममा भ्रष्टाचार भयो, अब १० अर्बको हिसाब चाहिन्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कोरोना नियन्त्रणका नाममा भ्रष्टाचार भएको आरोप लगाउँदै १० अर्बको हिसाब देखाउन माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी सांसदले अहिलेसम्म पनि सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको तर आर्थिक अनियमितता गरेको आरोप लगाउँदै खर्च भएको भनिएको १० अर्बको विवरण पेस गर्न आग्रह गरेका हुन् ।

कोरोना संक्रमण पुष्टि भएको २४ घण्टाभित्रै मृत्यु र अन्त्येष्टि

गत वैशाख पाँच गते कोरोना संक्रमणको पहिलो पुष्टि भएको चितवनमा मंगलबार कोरोना संक्रमणकै कारण पहिलो मृत्यु भएको छ । भरतपुर महानगरपालिक–११ निवासी ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएको २४ घण्टाभित्रै मृत्यु भएका संक्रमितको देवघाट विकास क्षेत्रभित्र पर्ने वन क्षेत्रमा गाडेर अन्त्येष्टि गरिएको छ ।

इरानी औसत पाँचमध्ये एक व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका हुनसक्ने

इरानमा गत फेब्रुअरीमा कोरोनाभाइरस सङ्क्रमण पत्ता लागेपछि अहिलेसम्ममा औसत पाँचमध्ये एक नागरिकलाई कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने देखिएको इरानी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताएका छन्।

क्वारेन्टिनमा कोरोना संक्रमणको बढ्दो ग्राफ

सप्तरीको बलाना बिहुल गाउँपालिकाको तीन वटा विद्यालयलाई क्वारेन्टिन बनाइएको छ । जसमध्ये जनता माध्यमिक विद्यालय सेहरा क्वारेन्टिनका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश : हिमाली जिल्ला मुस्ताङ र मनाङमा संक्रमण शून्य

कोरोना भाइरस संक्रमणले तराई र पहाडि जिल्लामा तीब्र गति लिइरहँदा हिमाली जिल्लामा भने अहिलेसम्म संक्रमण उक्लिन सकेको छैन। गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म कोही पनि संक्रमित फेला परेका छैनन्।

कोरोना प्रभावितको पहिचान सार्वजनिक नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९) का विरामीको पहिचान सम्बन्धित व्यक्तिको सहमतिमा बाहेक सार्वजनिक नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ।

कोरोनाका कारण थप एक जनाको मृत्यु

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चतवन भरतपुर ११ का एक व्यक्तिको कोरोनाका कारण आज विहान मृत्यु भएको हो। ज्वरो, निमोनियाबाट पीडित उनको हिजो बेलुका परीक्षणको क्रममा कोरोना पोजेटिभ आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्