७ वैशाख २०८१ शुक्रबार
समाज

क्वारेन्टिनमा बसेका एक जनाको उपचारको क्रममा मृत्यु

मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गरेका एक जनाको बाटोमै मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नम्बर–४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा  रहेको क्वारेन्टिनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले बताईन् ।  

१२ दिन अघि भारतको महाराष्ट्रबाट आएका उनी क्वारेन्टिनमा बस्दै आएका थिए । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई स्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि हिंजो मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको थियो । सामान्य उपचारपछि उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको थियो ।  

लुम्विनी प्रादेशिक अस्पतालमा उपचार गरेर घर फर्कदै गरेका उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले बताए । उनको गत २१ गते स्वाब परीक्षणका लागि पठाइएको छ । तर, रिपोर्ट भने आई नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित: २८ जेष्ठ २०७७ ०७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App