१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

क्यालिफोर्नियाको फिल्म हल फेरि खोल्न अनुमति

कोरोना भाइरस महामारीको जोखिम कम गर्न बन्द लकडाउन गरिएसँगै बन्द रहेका क्यालिफोर्नियाको फिल्म हलहरु फेरि खोल्न अनुमति दिइएको छ । सोमबार क्यालिफोर्निया राज्यले सामाजिक दुरीसहितका नयाँ निर्देशिका जारी गर्दै आगामी जुन १२ देखि सो राज्यमा फिल्म हलहरु पुनः सञ्चालन गर्न अनुमति दिएको थियो ।  

नयाँ निर्देशिका फिल्म हल सञ्चालकहरुको लागि सुरक्षा उपायहरूको समेत सिफारिस गरिएको थियो । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमको कार्यालय र जनस्वास्थ्य विभागले फिल्म हल सञ्चालकलाई यस हप्ताको अन्तिममा तयारी गर्न अनुमति दिएको थियो । वार्नर ब्रदर्सले आगामी जुलाई १७ मा रिलिज गर्ने भनेको ‘क्रिस्टोफर नोलनन्स टिनेट’ फिल्म योजना अनुसार हलमार्फत ल्याउने अनुमान गरिएको छ ।  

कोरोना भाइरस महामारीका कारण गत मार्च २० देखि देशभरका फिल्म हलहरु बन्द गरिएका छन् । स्रोतका अनुसार राज्य सरकारले फिल्म हलको क्षमताको २५ प्रतिशतसम्म सीमित वा  प्रत्येक हलमा सय जनासम्म दर्शकहरु निर्देशन दिएको छ ।  

लस एन्जलस क्षेत्र देशको सबैभन्दा ठूलो फिल्म बजार हो । जहाँ कोरोना भाइरस महामारीपछि रिलिज हुने फिल्मलाई बजार उकास्ने अभिन्न अंगको रूपमा हेरिएको छ । न्युयोर्कको फिल्म हलहरुलाई फेरि खोज्ने विषय अस्पष्ट छ । न्युयोर्क देशको दोस्रो सबैभन्दा ठूलो फिल्म बजार हो ।  

त्यस्तै क्यालिफोर्निया जनस्वास्थ्य विभागले नयाँ निर्देशिका जारी गर्दै आगामी जुन १२ देखि सो राज्यमा टेलिभिजन, फिल्म र संगीत निर्माणलगायत पुनः सुचारु गर्न अनुमति दिएको थियो ।

प्रकाशित: २८ जेष्ठ २०७७ ०१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App