१० आश्विन २०८१ बिहीबार
image/svg+xml

२४ घण्टामा थपिए ३ सय २३ जना संक्रमित, कूल संख्या ४ हजार नाघ्यो

मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ कोरोना संक्रमित थपिएका हुन्।

संक्रमितलाई नै घर पठाइयो, गाउँमा त्रास

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अन्तर्गत कोरोना संक्रमितहरूलाई घर पठाउन थालिएपछि गाउँमा त्रास फैलिन थालेको छ । संक्रमण भएर अस्पताल बसेकाहरूलाई कोरोना जाँच नगरेरै घर पठाउन थालेपछि गाउँमा त्रास फैलिएको हो ।

कोरोना कहर: अलमलमा रोल्पा

रोल्पामा तीन दिनअघि पहिलो पटक ३ जनामा कोरोना संक्रमण देखिएको छ । परीक्षण नै नभएका कारण संक्रमित भए नभएको तथ्य बाहिर नआएको हो ।

कोरोना भाइरसबाट पाकिस्तानमा एकै दिन १०० को मृत्यु

कोरोना भाइरसबाट संक्रमित भएका एक सयभन्दा बढी व्यक्तिको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

कर्णालीमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ७१ पुग्यो

कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुगेको छ ।

कोरोना भाइरसबाट विश्वमा ४ लाखभन्दा बढीको मृत्यु, ७२ लाखभन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ८ हजार ९७५ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ७२ लाख १० हजार १९६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

दीर्घ रोगीको मृत्युको कारण बन्यो कोरोना

मिर्गौलाका दीर्घरोगी, अरु रोग पनि थिए उनलाई । यसै पनि शारीरिक अवस्था नाजुक हुँदै गएको थियो । त्यसैमाथि कोरोना देखिएपछि परिवारले उनको आश मारिसकेका थिए । नभन्दै भयो त्यस्तै । उनले आइतबार राति सधैंका लागि सबैसित बिदा लिए ।

वीपीबाट २८ जना संक्रमित निको भएर डिस्चार्ज भए

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपचाररत २८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।

कोरोनाका कारण उत्पन्न परिस्थितिको अनुमन गर्न कांग्रेसले बनायो समिति

कोरोना भाइरस (कोभिड १९) को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अनुगमन गर्न नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेको छ।

कोरोनाले कसिँदै कर्णाली

नेपालमा कोरोना संक्रमण देखिएको चार महिनाअर्थात् जेठ ५ गते कर्णालीमा पहिलो कोरोना संक्रमति भेटिए। दैलेखस्थित आठवीस–१, सात्तलाका ३५ वर्षीय पुरुषमा कोरोना पृष्टि भएको थियो। त्यसको पाँच दिनपछि (१० गते) सुर्खेतमा तीनजना कोरोना संक्रमित देखिए। दिन बिराएर देखिएको कोरोना १७ गतेसम्म पुग्दा एक सय पाँचजनामा देखियो।

बंगलादेश, भारत र पाकिस्तानमा कोरोना संक्रमण तीव्र

भारतभरका स्वास्थ्यकर्मीले अस्पतालमा रहेको असुरक्षित अवस्था, उपकरणको अभाव र घण्टौंसम्म काम गर्नुपर्ने स्थितिको अन्त्य गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

गण्डकी प्रदेशका थप २४ जनाका कोरोना पुष्टि

गन्डकी प्रदेशका विभिन्न जिल्लाका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी नवलपुरको बौदिकाली गाउँपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

पिसिआर नगरी फर्काइए १४३ संक्रमित

कोरोनाको केन्द्र बनेको कपिलस्तुमा पिसिआर परीक्षण नगरी कोरोनामुक्त भएको भन्दै आइसोलेसनमा उपचाररत एक सय ४३ जनालाई घर फर्काइएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकाअनुरूप पालिकाहरूले आइसोलेसनमा बसेका संक्रमितलाई निको भएको भन्दै घर फर्काउन थालेका हुन् ।

कोरोना नियन्त्रण गर्न सरकार पूर्ण असफल भयो : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकले कोरोना भाइरस रोकथाका लागि तयारी गर्नुको साटो सरकार लकडाउन घोषणा गरेर चुपचाप बसेको ठहर गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्