७ वैशाख २०८१ शुक्रबार
समाज

वीपीबाट २८ जना संक्रमित निको भएर डिस्चार्ज भए

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपचाररत २८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएका सबै पुरुष हुन् । उनीहरु सबै झापा जिल्ला निवासी हुन् । भारतबाट आएका सबैको क्वारेन्टाइनमा पिसिआर परीक्षण गर्दा पोजेटिभ आएपछि उनीहरुलाई थप उपचारको लागि धरान ल्याइएको थियो ।

डिस्चार्ज भएका व्यक्तिहरुको उमेर १८ बर्षदेखि ५६ बर्ष उमेर समुहका भएको डा.सापकोटाले जानकारी दिए । उनका अनुसार अब प्रतिष्ठानको आइसोलेसनमा ५५ जना संक्रमितहरु उपचाररत अवस्थामा छन् । सबैको अवस्था सामान्य रहेको छ ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App