५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट पाकिस्तानमा एकै दिन १०० को मृत्यु

कोरोना भाइरसबाट संक्रमित भएका एक सयभन्दा बढी व्यक्तिको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले बताएका छन्।  

गत मध्य मार्च महिनादेखि जारी आंशिक लकडाउनको अवधिमा भएको मृत्युको यो संख्या सबैभन्दा ठूलो हो।  

मंगलबारसम्ममा पाकिस्तानमा कोरोना भाइरसबाट एक लाख ८ हजार ३१६ जना संक्रमित भएका छन् भने कूल मृत्यु हुनेको संख्या दुई हजार १७२ पुगेको छ।  

स्वास्थ्य विज्ञ एवं विपक्षी राजनीतिज्ञहरुले निरन्तर आलोचना गरेपनि प्रधानमन्त्री इमरान खानले लकडाउनका प्रतिबन्धहरु निरन्तर खुकुलो बनाएका छन्। उनले पूर्ण लकडाउनबाट मुलुकको अर्थतन्त्र धरासायी हुने बताउँदै यसबाट २२ करोड पाकिस्तानी जनताको जीवनयापनमा ठूलो संकट आउने चेतावनी दिएका छन्।  

पाकिस्तानमा गरिबीको स्तर करिब ३० प्रतिशत छ, अर्थात उनीहरुको दैनिक आय १।९० डलरभन्दा कम छ। पाकिस्तानमा सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउनुपर्ने नियम भए पनि धेरैले यसलाई बेवास्ता गरिरहेका छन्। 

प्रकाशित: २७ जेष्ठ २०७७ ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App