१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोरोनाका कारण उत्पन्न परिस्थितिको अनुमन गर्न कांग्रेसले बनायो समिति

कोरोना भाइरस  (कोभिड १९) को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अनुगमन गर्न नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेको छ। सोमबार पार्टी मुख्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गरेको छ। 

उक्त बैठकले सरकार कोरोना भाइरस नियन्त्रणमा पुर्नरुपमा असफल भएको निष्कर्ष निकाल्दै अहिलेको परिस्थितिको अनुगमन गर्न डाक्टर महतको नेतृत्वमा अनुगमन समिति बनाएको हो। उक्त समिति सरकारले कोरोना नियन्त्रणमा खेलेको भूमिका र नेपाली जनतामा कोरोनाका कारण परेको असर बारे अनुसन्धान गर्ने जनाइएको छ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App