९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

२४ घण्टामा थपिए ३ सय २३ जना संक्रमित, कूल संख्या ४ हजार नाघ्यो

मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ कोरोना संक्रमित थपिएका हुन्।  

मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ। हालसम्म  कोरोना भाइरसको आशंकामा १ लाख ६ हजार ३३१  वटा नमुना  संकलन गरेर पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा निको हुनेको सङ्ख्या ५८४ छ भने कोभिड १९ का कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। 

प्रकाशित: २७ जेष्ठ २०७७ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App