गन्डकी प्रदेशका विभिन्न जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी नवलपुरको बौदिकाली गाउँपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको हाे ।
त्यस्तै बागलुङमा ११ जना सन्क्रमित थपिएका छन् । बागलुङको निसिखोला गाउँपालिकामा ३ र बरेङ गाउँपालिकामा ८ जनामा कोरोना देखिएको छ।
म्याग्दिको बेनि नगरपालिकामा एक जनामा पनि कोरोना देखिएको गण्डकी प्रदेशको स्वास्थ निर्देशनालयले जनाएको छ। गन्डकी प्रदेशमा अब संक्रमितको संख्या १ सय ४४ पुगेको छ।
प्रकाशित: २७ जेष्ठ २०७७ ०१:३४ मंगलबार