११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना रिपोर्ट नेगेटिभ

पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गुल्मीको मालिका गाँउपालिका ३ का ६७ वर्षे एक पुरुषको उपचारका क्रममा सोमबार मृत्यु भएको थियो ।

मानसिक सन्तुलन गुमाएकी ३२ वर्षीया महिलामा कोरोना संक्रमण

धादिङको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसी आसपासमा बस्दै आइरहेकी ३२ वर्षीया महिलामा कोरोना संक्रमित (कोभिड १९) पुष्टि भएको छ । मानसिक सन्तुलन गुमाएकी महिला डेढ वर्ष अघिदेखि घाटबेसी आसपास क्षेत्रमा बस्दै आइरहेकी थिइन् ।

तातोपानी नाकाबाट एक अर्ब ६२ करोड मूल्यका कोरोना सामाग्री भित्रिए

चीनबाट उत्तरको मुख्य तातोपानी नाका भएर पछिल्लो दुई महिनामा कोरोना भाइरस (कोभिड–१९) सँग सम्वन्धित एक अर्ब ६२ करोड रुपैयाँभन्दा बढी मुल्यका स्वास्थ्य सामाग्री नेपाल आयात भएको छ।

कांग्रेसको निष्कर्ष : कोरोना नियन्त्रणमा सरकार असफल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्णरुपमा असफल भएको निषकर्ष निकालेको हो।

कोरोना रोकथाममा कति खर्च भयो ? स्वास्थ्यमन्त्री ढकालले संसदमा दिए जवाफ

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको सदनलाई जानकारी गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिदै उनले कोरोना नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट भएको खर्चको विवरण प्रस्तुत गरेका हुन्।

सर्लाहीमा आज मात्रै १२० जना संक्रमित थपिए

सर्लाहीमा सोमबार मात्र १२० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै सर्लाहीमा ३६९ जना संक्रमित पुगेका छन् ।

बारामा सात नयाँ कोरोना संक्रमित थपिए

जिल्लाको दुई स्थानीय तहहरुमा सोमबार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पचरौता नगरपालिकाको क्वारेन्टिनमा रहेका दुई जना र सुर्वण गाउँपालिकाको क्वारेन्टिनमा रहेका पाँच जना गरि सात जना नयाँ संक्रमित थपिएको हो।

थप ३१४ जनामा कोरोना संक्रमण

थप ३१४ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये २९४ जना पुरुष र २० जना महिला छन्। कोरोनाका कारण अहिलेसम्म १४ जनाको मृत्यु भएको छ। देशभर अहिलेसम्म ३ हजार ७ सय ६२ जना संक्रमित छन्।

जागिरबाट निकालिएपछि कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

अछाम जिल्लाको बयालपाटा अस्पतालका एक कर्मचारीले जागिरबाट निकालिए शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। साफेबगर नगपालिका–६ का २७ वर्षीय शिद्धार्थ आउजीले सोमबार विहान अस्पताल परिसरमै आत्मदाहको प्रयास गरेका थिए।

धादिङमा एकैदिन थपिए १६ कोरोना संक्रमित

धादिङमा एकैदिन १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुष्टि भएको छ । भारतबाट उद्धार गरि नीलकण्ठ नगरपालिकाले व्यवस्थापन गरेको नीलकण्ठ माविको क्वारेन्टिनमा बस्दै आएकाहरुमा संक्रमण भेटिएको हो ।

दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण

भरतपुरमा रहेको एक निजी अस्पतालमा कार्यरत दुई जना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पाइएको छ । भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुको पिसिआर नतिजा पोजेटिभ आएको हो ।

अर्घाखाँचीमा एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टी

अर्घाखाँचीमा सोमबार एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिन बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना रोगको संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख पुष्पा थापाले जानकारी दिईन् ।

सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण

सन्धिखर्कका जनप्रतिनिधिमा पनि कोरोना संक्रमण देखा परेको छ । सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीले जनाएको छ ।

न्यूजील्याण्ड कोरोनाभाइरस मुक्त देश भयो : प्रधानमन्त्री आर्डन

न्यूजील्याण्डले सोमबार कोरोनाभाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ।

म्याग्दीका पहिलो संक्रमितको पुनःपरीक्षण पोजेटिभ

जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ । जिल्लाको मालिका गाउँपालिका–४ घर भएका ३० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्